काठमाडौं । डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका छन् । भट्टराईको समुहले निर्वाचन आयोगबाट नेपाल समाजवादी पार्टीको नाममा दर्ता प्रमाणपत्र प्राप्त गरेको हो । भट्टराईको नयाँ पाटर्टीले आँखा चुनाव चिन्ह प्राप्त गरेको छ । यस अघि माओवादी छाडेर नयाँ शक्ति पार्टी गठन गरेका भट्टराईले आँखा चुनाव चिन्ह नै लिएका थिए ।
जनता समाजवादी पार्टीमा उपेन्द्र यादवसँग विवाद बढेपछि भट्टराई निकट नेता दिपक लामिछानेको नेतृत्वमा फागुन ४ गते नै यो पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको थियो । अब भट्टराईले नेपाल समाजवादी पार्टीका नामबाट आँखा चुनाव चिन्ह लिएर आगामी निर्वाचन लड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्