Skip to content
Shikhar Insurance
National Life

वृद्धालाई बैंकबाट भत्ता लिन समस्या भएपछि टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता बाँढिदै

Hyundai
NCELL
NIMB

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सरकारले उक्त भत्ता अनिवार्य बैंकिङ प्रणालीमार्फत वितरण गर्नुपर्ने नियम लगाएपछि धेरैजसो बैंकमा भत्ता बुझ्ने बेला ज्येष्ठ नागरिक लामो समयसम्म लाइन बस्नुपर्ने हुँदा निकै कष्ट व्यहोर्नुपरेको थियो ।

गाउँपालिकाले वृद्धवृद्धाको सहजताका लागि बैंकसँग समन्वय गरेर हरेक वडाको टोलटोलमै कर्मचारी र जनप्रतिनिधि पठाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिका अध्यक्ष दानबहादुर गुुरुङले बताए ।

विशेषगरेर भौगोलिक विकटताका कारण ज्येष्ठ नागरिकलाई घण्टौँ हिँडेर बैंकसम्म पुग्न कठिनाइ भएकामा टोलमै भत्ता वितरण गर्ने व्यवस्था मिलाइएपछि सहज भएको उनले जानकारी दिए । “ज्येष्ठ नागरिकलाई घण्टौँसम्म लाइन बस्नुपर्दा निकै कष्ट व्यहोर्नुपर्ने हुन्छ, वर्षायाममा ग्रामीण भेगमा सडकसमेत सञ्चालन नहुने भएकाले घण्टौैँ हिँडेर बैंकसम्म जानुपर्ने बाध्यतासमेत रहेको थियो ।”

गाउँमै भत्ता वितरण गरेपछि लाभग्राही पनि खुसी भएका छन् । वृद्धभत्ता बुझेपछि वडा नं ३ का रत्नबहादुर गुरुङले यसअघि बैंकमा पुगेर घण्टौँ लाइनमा बस्नुपरेको बताए । आफ्नै घर नजिक गाउँटोलमा आएर भत्ता वितरण गरेकामा उनले जनप्रतिनिधिलाई धन्यावाद दिनुभयो ।

उक्त गाउँपालिकामा ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्