काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौं उपत्यकामा थप ३ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७८औं, १७९औं तथा १८०औं शाखा भक्तपुरको सूर्यविनायक, काठमाडौंको धुम्बराही र ललितपुरको थसिखेलमा सञ्चालन गरेको हो । यससंगै काठमाडौं उपत्यका भित्र बैंकको ३५ वटा शाखाहरु र वाग्मती प्रदेशमा ४९ वटा शाखाहरु संचालनमा रहेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी काम गर्न सम्पूर्ण कर्मचारीहरुलाई बैंकमा आयोजित नयाँ शाखाहरु आरम्भ समारोहमा बताए ।
सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्