Shikhar Insurance
National Life

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकममा उल्लेख्य वृद्धि

सिंहदरबार संवाददाता
२०७९ श्रावण १२, बिहीबार १६:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । कारोबारको सुरुदेखि निरन्तर बढीरहेको सेयर बजार अन्तिम चरणमा (२ बजेर ५१ मिनेट जाँदा) घट्ने संङकेत देखाए पनि अन्त्यमा बढेरै बन्द भएको हो ।

नेपाल स्टक एक्चेन्ज(नेप्से)का अनुसार बिहीबार परिसूचक १५.४४ अंक अर्थात ०ं७३ प्रतिशतले बढेर २,१२७.४२ को विन्दुमा बन्द भएको छ । त्यसैगरि ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.७० अंक अर्थात ०.६७ प्रतिशतले बढेर ४०५.६२ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो दिन कारोबारमा आएको १२५ कम्पनीको सेयर मूल्य बढेको छ । ४६ कम्पनीको घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर छ ।

बिहीबार २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार कित्ता सेयर ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार रुपैयाँमा खरिदबिक्री भए । नेप्से परिसूचक सामान्य अंकले बढ्दा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा १ अर्ब ८१ करोड भन्दा बढी कारोबार भएको हो । अघिल्लो दिन ३ अर्ब १६ करोड १४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

सो दिन विन्ध्यावासिनी हाइड्रोपावर कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ । कम्पनीको सेयर पहिलो कारोबारकै दिन पोजेटिभ सर्किट लेभलमा कारोबार भएको हो । कम्पनीको ओपनिङ रेञ्ज ३३४ रुपैयाँमा भएको हो भने क्लोजिञ्ङ ३६७.४० रुपैयाँमा भएको छ । त्यस्तै राष्ट्र उत्थान लघुवित्तको ९.९९ प्रतिशत र एक्सल डेप्लपमेन्ट बैंकको सेयर मूल्य ९.८९ प्रतिशतले बढेको छ ।

कारोबार रकमको आधारमा अरुण काबेली शीर्ष स्थानमा छ । कम्पनीको १७ करोड ९६ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । त्यस्तै शिवम सीमेन्टको १५ करोड ८६ लाख ३४ हजार, अपर तामाकोशी हाइड्रोपावरको १४ करोड १७ लाख ८० हजार, अपी पावर कम्पनीको १३ करोड ४८ लाख ११ हजार र सिटिजन बैंकको १३ करोड १७ लाख ४५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

समूहगत उपसूचकहरु १० वटा बढेका छन् । सबैभन्दा बढी फाइनान्स उपसूचकको सेयर मूल्य ३.१३ प्रतिशतले बढेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्