काठमाडौं । नेपाल धितोपत्र बोर्डले आज(बिहिबार) नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । बोर्डका अध्यक्ष रमेश हमालले आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् ।
बोर्ड अध्यक्ष हमालले आफु विदेशमा बसेर नेपाल आएकाले विश्वका उत्कृष्ठ पुँजी बजारहरुबारे आफुलाई जानकारी भएको बताउँदै आएका छन् ।
बोर्डले अपरान्ह ३ बजे कुपण्डोलस्थित होटल हिमालयनमा बिशेष कार्यक्रम गरेर पुँजी बजार सम्बन्धी नीति सार्वजनिक गर्न लागेको हो । पुँजी बजार सुधारका स्पष्ट रोडम्याप सहित बोर्ड नेतृत्वमा आएको बताउँदै हमालसँग पुँजी बजार सम्बद्ध सबैले प्यापक सुधारका योजनाहरुको अपेक्षा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्