काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल बैंकमा विषेश निरिक्षण टोली पठाउने भएको छ । निक्षेपकर्ताको अनुमति बिनानै खाताबाट ६ लाख रुपैयाँ बाहिरिएपछि सुचना पाएपछि केन्द्रिय बैंकले छानबिनको लागि टोली खटाउने भएको हो ।
गत साउन २ गते नेपाल बैंकको रोल्पा घर्तीगाँउ शाखाका ग्राहक जनक वलीको खाताबाट उनको अनुमति बिना नै ६ लाख १८ हजार रुपैयाँ अन्य बैंकको खाता र इसेवामा ट्रान्फर भएको थियो । वलीलेले आफ्नो अनुमति बिनानै खाताबाट पैसा बाहिरिएको भन्दै नेपाल बैंक र प्रहरीमा उजुरी दिएका छन् । उनको खाताबाट अज्ञात व्यक्तिले मोबाइल बैंकिङको पास कोर्ड प्रयोग गरी पैसा झिकेका बैंक र प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सो घटनाबारे बैंकको संलग्नता र आवश्यक छानबिनको लागि विषेश निपरक्षण टोली खटाउन लागिएको केन्द्रीय बैंक, बैंक सुपरिवेक्षणका प्रमुख तथा कार्यकारी निर्देशक देव कुमार ढकालले बताए । ‘हामीले यस्ता घटनाबारे गुनासो तथा उजुरी र सञ्चारमाध्यमहरुका आएका समचारका आधार छानबिन गर्ने गरेका छौं,’ कार्यकारी निर्देशक ढकालले सिंहदरबारसँग भने, ‘खातावाला कै गल्तीले घटना घटेको हो वा बैंकको कर्मचारीको गल्तीले भएको हो, त्यसमा हामी तुरुन्तै छानविन गछौं, घटनाको प्रकृति हेरेर कागजपत्र मगाएर वा विषेश निरिक्षण टोली पठाएर छानबिन गर्छाैँ ।’
विषेश निरिक्षणको रिपोर्टले औल्याएको विषयमा बैंकको स्पष्टीकरण अनुसार थप कारवाहीको प्रकृया अघि बढाईने उनले बताए ।
‘बैंकका ग्राहकले यस्तो घटनाको गुनासो राष्ट्र बैंकको गुनासो सुनुवाईमा गएर वा अनलाईमार्फत् पनि गरे सम्बन्धित विभागद्वारा तुरुन्तै सम्बन्धित संस्थामा छानबिन शुरु गछौं र गुनासोको सुनुवाइ हुन्छ ।’ नेपाल बैंक रोल्पा घर्तीगाँउको घटना प्रहरीसम्म पुगी सकेको हुँदा राष्ट्र बैंकले प्रहरीकै समन्यवमा छानबिन प्रकृया शुरु गर्ने उनको भनाइ छ ।
नेपाल बैंक घर्तीगाँउ शाखाका निक्षेपकर्ता जनक कुमार वलीको गत साउन २ गतेदेखि ४ गतेसम्म कुल ६ लाख १८ हजार रुपैयाँ पैसा मोबाइल बैंकिङ र इसेवामा ट्रान्फर भएको हो । हालसम्म मोबाइल बैंकिङ सेवा नै नलिएको दावी गर्ने वलीले आफुले सो ट्रान्जेक्सन नगरेको भन्दै बैंक र प्रहरीमा पैसा फिर्ताको उजुरी दिएका हुन् ।
तर, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्ण बहादुर अधिकारी बताउँछन् ।
‘मलाइ आएको रिपोर्टिङमा जनक वलीले मोबाइल बैंकिङ सेवा लिनु भएको छ । उहाँकै मोबाइलमा ट्रान्जेक्सन लगायतका बैंकका अन्य म्यासेजहरु पनि गइरहेको देखिन्छ । उहाँको खातासँग सम्बन्धित म्यासेज, ओपीटी उहाँकै मोबाइलमा गइरहेको छ ।उहाँले नै आफ्नो मोबाइल सुरक्षित राख्न नसक्नु भएको प्रष्ट छ । ग्राहकले मोबाइल बैंकिङको पासवर्ड सुरक्षित राख्न सक्केनन् भने त्यसमा बैंकले केही गर्न सक्ने स्थिति हुँदैन । जनक वलीको खाताबाट कुन खातामा, वा कहाँ ट्रास्फर भएको छ भन्ने कुरा रेकर्डबाट देखिन्छ । त्यो व्यक्ति जनक वलीले नै पहिचान गर्नु भएमा समस्या समाधान हुन्छ । त्यो व्यक्तिबाटै उहाँले पैसा फिर्ता लिनु पर्ने हुन्छ । यसमा बैंकले पैसा फिर्ता दिने विषय नै रहँदैन । खातावालाले आफुले मोबाइल बैंकिङ सेवा नदिएको दावी गर्नुभएको रहेछ । उहाँले आवेदन दिएर मोबाइल बैंकिङ सेवा प्रयोगमा टिक लगाएर नै बैंकले सेवा एक्टिभ गरेको हो । त्यसमा सबै कुराहरु सुरक्षित नै छन् । अहिले खाताबाट पैसा झिकिएकोमा आफुले नझिकेको कुरा गर्नुभएको छ । यदी उहाँ आफैले मोबाइल बैंकिङ प्रयोग गरी पैसा ट्रान्फर गर्नु भएको हैन भने, उहाँको नजिककै व्यक्ति जसले उहाँको मोबाइल प्रयोगमा पहुँच भएकै व्यक्तिबाट बैंकिङ ‘फ्रड भएको हुन सक्छ । बैंकले ग्राहकको मोबाइल कुन समयमा कसले प्रयोग गरी ट्रान्जेक्सन गर्छ हेर्ने कुरा आउँदैन । बैंकले ट्रान्जेक्सनको रेकर्ड राखेको हुन्छ । त्यो सुरक्षित नै छ । त्यही अनुसार हामीले प्रहरीसँग छानबिनमा समन्यव गरिरहका छौं । यो बैंकिङ फ्रण्डको विषय भएको कारणले प्रहरीले नै दोषी पत्ता लगाएर पैसा फिता गराउँछ ।’
खातावालाले आफ्नोतर्फबाट गर्नुपर्ने खाताको सुरक्षा नगरेको कारणले सो घटना घटेको हुँदा बैंकले पैसा फिर्ता गर्नु नपर्ने उनको भनाइ हो ।
नेपाल बैंकको खाताबाट निक्षेपकर्ताको ६ लाख पैसा गायब, सिईओ भन्छन्ः थाहा छैन्
प्रहरीको अनुसन्धान
नेपाल बैंकका खातावाला जनकवलीले प्रहरीमा दिएको उजुरीको आधारमा छानबिन भएको थियो । जसमा उनको मोबाइल बैंकिङको पिन कोर्ड कैलाली जिल्ला कनैया घरभइ हाल धनगडीमा बस्ने केशव चौधरी, घोडाघोडी बस्ने बिर बहादुर चौधारी, शेर बहादुर चौधरी, सोनुकुमार सिंहको इसेवामा ट्रान्फर भएको छ । शेर बहादुर चौधरीको माछापुच्छ्रे बैंकको खातामा समेत ट्रान्फर गरेको प्रहरीले उल्लेख गरेको छ ।
यी व्यक्तिहरुलाई पीडित वलीले आफ्नो पहिचानमै नभएको सिंहदरबारलाई बताए ।
‘मेरो कैलाली धनगडीमा कुनै पनि चिनजानका व्यक्ति छैनन्, प्हरी र बैंकले नाम लिएका चौधरीहरुलाई मैले चिनेको जानेको केही छैन ।’
बैंकबाट आफुले मोबाइल बैंकिङ सेवा नलिएको र मोबाइल बैंकिङको लागि प्रयोग भएका पिन कोर्ड समेत आफुले लिक नगरेको हुँदा उचित छानबिनको मााग गर्दै दोषीलाई कारवाही र आफ्नो पैसा फिर्ताको माग पीडित वलीले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्