Shikhar Insurance
National Life

डिशहोमको नयाँ सेवा, डिशहोम आई टिभी

सिंहदरबार संवाददाता
२०७९ श्रावण ११, बुधबार १८:२०
Hyundai
NCELL
NIMB

काठमाडैं । डिशहोमले नयाँ सेवा सुरू गरेको छ । डिश मिडिया नेटवर्कले समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर आइपी टिभी सेवा सुरु गरेको हो ।

सो सेवा ग्राहकले डीटीएचलाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउने कम्पनीको विस्वास छ ।
डिश मिडिया नेटवर्क विगत १२ वर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाउन सफल रहेको छ । २०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसँग मर्जर गरि डिशहोम नाममा आफ्नो सेवा लाई संचालनमा ल्याएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालका कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पुर्याएर संचारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरुसंगै गुणस्तरीय विकि पछिको सेवा पनि प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्