काठमाडौं । सरकारले व्यवस्थापन संघ (म्यान)को प्रबन्ध समितिमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्व मोहन अधिकारीलाई नियुक्त गरेको छ । असार २४ गते बसेको मन्त्रीपरिषदको बैंठकले कोषका कार्यकारी निर्देशक अधिकारीलाई व्यवस्थापनको संघको २०औं प्रबन्ध समितिमा सरकारको प्रतिनिधिको रुपमा मनोनयन गरेको हो ।
व्यवस्थापन संघको २०औं प्रबन्ध समितिको अध्यक्षमा उपेन्द्र प्रसाद पौड्याल निर्वाचित भइ गत बैशाख पहिलो साता कार्यभार समेत ग्रहण गरेका हुन् । पौड्याल लगाएत अन्य १६ जनालाइ निवर्तमान सभापती किरण कुमार श्रेष्ठले औपचारिक रुपमा पदभार हस्तान्तरण गरेका थिए । सो समितिमा सरकारको प्रतिनिधित्व गर्दै आगामी २ वर्षको लागि कोषमा कार्यकारी निर्देशक अधिकारी नियुक्त भएका हुन् । बैकिङमा २४ बर्षको अनुभव र त्रिभुवन विश्व विद्यालयमा २१ वर्षको अनुभव बलुटेका अधिकारीले म्यानको प्रबन्ध समिति सदस्य भएर निजी क्षेत्र र सरकारको सेतुको रूपमा काम गर्ने प्रतिवद्धता गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्