काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार छापावल सुन प्रतितोला २ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन ९४ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । नेपाली हिन्दु धर्मालम्बिहरुको चार्ड तिज नजिकीदै गर्दा सुनको मूल्य झनै घट्दै गएको छ ।
त्यसैगरि तेजावी सुन पनि प्रतितोल २ सय रुपैयाँले घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९३ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । बुधबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी ११ सय ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।
प्रतिक्रिया दिनुहोस्