Shikhar Insurance
National Life

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६२.२७ %ले बढ्यो, वितरणयोग्य नाफा १ अर्ब ५९ करोड रुपैयाँ

सिंहदरबार संवाददाता
२०७९ श्रावण ११, बुधबार ०९:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । गत आर्थिक वर्षमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आवमा आर्जित खुद नाफामा ६२.२७ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो आवमा बैंकले १ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार सो अवधिमा बैंकले १ अर्ब ५९ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । गत असार मसान्तसम्म बैंकको चुक्तापुँजी ८ अर्ब ५७ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १८.५९ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।
गत आवको असार मसान्तसम्म बैंकले ९३ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ३ अर्ब ७५ करोड रुपौयँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको भन्दा ४४.८६ प्रतिशत बढी हो । साथै, सो अवधिमा बैंकले ५ अर्ब २१ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.५९ प्रतिशत, सीडी रेसियो ८५.१५ प्रतिशत, बेसरेट ८.८१ प्रतिशत र स्प्रेडरेट ४.२३ प्रतिशत कायम छ ।
गत असार मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ०७ पैसा, मूल्य आम्दानी अनुपात १६.४६ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ९२ रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्