काठमाडौं । सरकारले भदौ १ गतेदेखि प्लास्टिकका झोलामा प्रतिबन्ध लगाउने भएको छ । मंगलबार वन तथा वातावरण मन्त्रालय अन्तरगतको वातावरण विभागले एक सुचना जारी गर्दै ४० माइक्रोटनभन्दा पातलो प्लास्टिकका भोलामा प्रतिबन्ध लगाउने उल्लेख गरेको हो ।
सरकारको २०७८ माघ १७ गतेको निर्णयलाई कार्यान्वयन गर्दै २०७९ भदौ १ गतेदेखि ४० माइक्रोन मोटाइभन्दा पातला प्लास्टिक झोलाहरूको आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गर्न प्रतिबन्ध लगाएको विभागले उल्लेख गरेको छ ।
४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलाको प्रयोगले वातावरणमा प्रतिशुल प्रभाव पर्ने, यस्ता झोला प्रयोग गरेपछि जथाभावी फ्याँक्ने गर्दा खोला तथा नदीहरुमा प्रदुषित भएको निकासा बन्द भएको हुँदा
विभागले भदौ १ गतेदेखि यस्ता प्लास्टिकका झोला प्रयोगमा अनुगमन गर्ने उल्लेख गरेको छ । अनुगमनका क्रममा निषेधित प्लास्टिकका झोला आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गरिएको पाइएमा विभागले वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारवाही हुने उल्लेख गरेको छ ।
जसअनुसार भदौ १ गतेदेखि प्लास्टिकको झोला यात, भण्डारण, बिक्री वितरण र प्रयोग गर्नेले १० लाख रुपैयाँसम्म नगद जरिवानादेखि, ५ वर्षसम्म कालोसूचीमा राख्ने, अदालति कारवाही र जेल सजायसम्म हुने ऐनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्