Shikhar Insurance
National Life

साउन ६ दिनमै वाणिज्य बैंकहरुको निक्षेप ६४ अर्ब र कर्जा १० अर्बले घट्यो

सिंहदरबार संवाददाता
२०७९ श्रावण ९, सोमबार १६:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । साउनको लागेसँगैै वाणिज्य बैंकहरुको व्यवसाय विस्तार नकारात्मक दिशातर्फ लागेको छ । बैंकको साउनको ६ दिनमै वाणिज्य बैंकहरुको निक्षेप ६४ अर्ब र कर्जा १० अर्ब रुपैयाँले घटेको हो ।

सञ्चालनमा रहेका २६ वाणिज्य बैंकले गत असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन साउनको ६ गत आइपुग्दा निक्षेप ४४ खर्ब ७८ अर्ब र कर्जा ४१ खर्ब ६५ अर्ब रुपैयाँमा सिमित भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत असार महिनामै वाणिज्य बैंकहरुले ३ खर्ब ४० अर्ब निक्षेप संकलन र ४ खर्ब ५४ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका थिए ।

साउनको ६ गतेसम्म वाणिज्य बैंकहरुको औषत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७.७५ प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्