काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । गोलाप्रथाद्वारा बाँडफाँड भएको कम्पनीको आईपीओ २ लाख १७ हजार ६ सय ९४ जना लगानीकर्ताहरूले १० कित्ता प्राप्त गरेका छन् हुन् ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १५ लाख ३८ हजार ६ सय ८८ जना लगानीकर्ताहरूले १ अर्ब ७२ करोड ६५ लाख १५ हजार रूपैयाँ बराबरको १ करोड ७२ लाख ६५ हजार १ सय ५० कित्ताका लागि आवेदन दिएका थिए ।
आवेदकहरुमध्ये १३ लाख २० हजार ९ सय ९४ जना हात खाली भएको हो ।
कम्पनीको आइपीओ रिजल्ट बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेव साइट, कम्पनीकाे वेव साइट, मेरो सेयरको वेव साइट र सीडीएसको वेव साइटमार्फत् हेर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्