Skip to content
Shikhar Insurance
National Life

काँग्रेसले चुनाव आएपछि मात्रै हामीलाई खोज्छः व्यवसायी

Hyundai
NCELL
NIMB

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन्छ । नेपाली कांग्रेस व्यास नगर समितिले दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले देश विकासको मुख्य एजेण्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गरे ।

“मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो,” वरिष्ठ नेता पौडेलले भने, “राष्ट्रका लागि सधैँभर लागिरहन्छु ।” स्वार्थी मानिससँग बच्न आग्रह गर्दै उहाँले पैसाले चुनाव लड्न खोज्नु पनि राजनीति नभएको चर्चा गरे । गाउँमै रोजगारी र गाउँमै आम्दानी बढाउने मुख्य लक्ष्य अझै पनि पूरा हुन नसकेकाले मानिस सहरतिर विस्थापित भइरहेका छन् तर गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न सके मानिस गाउँमै बस्नेमा वरिष्ठ नेता पौडेलले जोड दिए ।
“पार्टीभित्र सबैलाई एकै ठाउँमा हिँडाउने प्रयास गर्दै आएको छु, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र भन्ने हुँदैन,” उनले भने, “राजनीतिमा प्रतिस्पर्धा हुन्छ, कोसँग दृष्टिकोण छ त्यसलाई हेरेर जनताले रोज्नु पाउनुपर्छ ।”
कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष इमकुमार मल्लले कांग्रेसलाई अप्ठ्यारो परेको बेला मात्र व्यवसायी खोजी गर्ने परम्परा अन्त्य गर्नुपर्ने सुझाव दिए । “चुनाव आउन लागेका बेला मात्रै व्यवसायी खोज्ने होइन, व्यवसायीको पीरमर्का के छ भन्ने बारेमा पार्टीले सधैँ चासो राख्नुपर्छ,” उनले भने । व्यवसायी बैकुण्ठनाथ मिश्रले पार्टीभित्रका नेता एकजुट हुन नसकेकाले समस्या हुँदै आएको बताए । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्