काठमाडौं । माछापुच्छ्रे बैंकको खुद नाफा ३३.९४ प्रतिशतले वृद्धि भएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । जसमा गत आवको सोही अवधिमा ५७ करोड ६९ लाख रुपैयाँ थप थरी २ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न बैंक सफल भएको हो ।
बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । उक्त अवधिमा बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ कायम रहेको हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १२.९२ प्रतिशत लाभांश वितरण गर्न सक्ने सम्भावना छ ।
यस्तै, बैंकले समीक्षा अवधिमा खुद ब्याज आम्दानी १६.६७ प्रतिशतले वृद्धि गरी ५ अर्ब ७ करोड रुपैयाँ पुर्याएको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। साे अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ३१ पैसा बढेर २१ रुपैयाँ ७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.०६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा रहेको छ।
यस्तै, सो अवधिमा बैंकको खराब कर्जा अनुपात ०.८४ प्रतिशत, कस्ट अफ फन्ड १३.४७ प्रतिशत, बेसरेट ९.३३ प्रतिशत, स्प्रेडदर ४.३३ प्रतिशत र सीडी रेसियो ८६.१६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्