Skip to content
Shikhar Insurance
National Life

‘मौद्रिक नीतिले सेयर बजारका लगानीकर्ताका आंशिक माग सम्बोधन गरेको छ’

Hyundai
NCELL
NIMB

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति आज सार्वजनिक गर्दै मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको छ ।बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिमा जाने संस्थाहरुलाई राष्ट्र बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेजी गरिएको छ ।

सेयर धितो कर्जामा लगाइएको ४/१२ को सिमालाई परिमार्जन गर्दै अधिकतम १२ करोडको सिमा कायम गरिएको छ । २०८० असार मसान्तसम्म बैंक तथा वित्तिय संस्थाहरूले जारी गरेको ऋणपत्रलाइ कर्जा निक्षेप श्रोतको रूपमा गणना गर्न पाइने भएको छ । बैंक तथा लघुवित्तहरूले २०७९ पुस मसान्तभित्र एकिकृत कारोवार गरेमा मात्र सहुलियत पाइने व्यवस्था गरिएको छ। साना लगानीकर्ताहरूको शेयर बजारमा उत्साहजनक सहभागिताका लागि २५ लाखसम्म शेयर ऋण लिंदा भारित औसत १०० प्रतिशत कायम गरिएको व्यवस्था लगायतका विषय वस्तुलाई सकारात्मक रूपमा लिन सकिन्छ ।

तर हामी लगानीकर्ताका संघ संगठनहरूले नियमित रूपमा उठाउँदै आएका मागहरू जस्तैः ४/१२ को क्याप पुर्ण रूपमा खारेज,भारित औषत १०० प्रतिशत कायम गरिनुपर्ने, सीसीडी रेसियो कायम गरिनुपर्ने, ब्याजदर सिंगल डिजिटमा सिमित गरिनुपर्ने जस्ता माग अक्षरस सम्बोधन भएनन् । यो विषयमा हाम्रा मागहरू नियमित उठाईनै रहने छौं ।(लेखक फुल्लेल सेयर लगानीकर्ता संघ, नेपालका उपाध्यक्ष हुन् ।)

GBIME

प्रतिक्रिया दिनुहोस्