Shikhar Insurance
National Life

नबिल र निफ्राले अस्पताल बनाउन साढे २ अर्ब ऋण लगानी गर्ने

सिंहदरबार संवाददाता
२०७९ श्रावण ६, शुक्रबार १५:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले एक सय शैयाको अस्पताल बनाउन साढे २ अर्ब ऋण लगानी गर्ने भएका छन् । निफ्राले आफ्नो अगुवाईमा नबिल बैंकसँग मिलेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा १०० शैयाको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि हस्पिटल निर्माणा तथा सन्चालनका लागि २ अर्व ५४ करोड रुपैयाँ कर्जा लगानी गर्न लागेका हुन् ।

हस्पिटल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले १ अर्ब ५४ करोड तथा नबिल बैंक लिमिटेड १ अर्ब सम्म लगनी गर्ने छ । सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाको तर्फबाट प्रमूख कार्यकारी अधिकृत राम कृष्ण खतिवडा, नायव महाप्रबन्धक सूर्य बहादुर तामाङ्ग, नायव महाप्रबन्धक विनय नाथ न्यौपाने र नबिल बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना, बरिष्ठ नायव प्रमूख कार्यकारी अधिकृत सुजित कुमार शाक्य, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे सहित बैंकहरुका कर्मचारीहरु र परियोजनाको तर्फबाट अध्यक्ष कमल भण्डारी लगायत अन्य पदाधिकारीहरुकोे उपस्थिति रहेको थियो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा हस्पिटलका अध्यक्ष कमल भण्डारीले परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफु उत्साहीत भएको र परियोजना निर्माण कार्य समयमै सम्पन्न गरि व्यवसायीक संचालन सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्