Shikhar Insurance
National Life

बैंक तथा वित्तीय संस्थालाई वित्तीय विवरण पेश गर्न राष्ट्र बैंकले दियो १६ दिने अल्टिमेटम

सिंहदरबार संवाददाता
२०७९ श्रावण ५, बिहीबार १८:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई १६ दिन भित्र गत आर्थिक वर्षको वित्तीय विवरण पेश गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै एकीकृति वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय परिसूचकको अन्तरिम वित्तीय प्रतिवेदन पेश गर्न भनेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै चौथो त्रैमास सकिएको २१ दिन भित्र वित्तीय विवरण राष्ट्र बैंकमा पेश गर्नुका साथै राष्ट्रियस्तरका दैनिक पत्रिकामा अनिवार्य सार्वजनिक गर्न निर्देशन दिएको छ । यसअघि राष्ट्र बैंकले चौथो त्रैमास सकिपछि साउन मसान्त भित्र वित्तीय विवरण सार्वजनिक गर्न पाउने व्यवस्था गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आवको चौथो त्रैमास समाप्त भएको ५ दिन बितिसकेको छ । जारी परिपत्र अनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले १६ दिन भित्रै अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण राष्ट्र बैंकले तोकिदिएको ढाँचामा आफ्नो वेबसाइटमा राख्नु पर्नेछ । यसरी विस्तृत अन्तरिम वित्तीय प्रतिवेदन वेबसाइटमा राखिएको व्यहोरा पत्रिकामा प्रकाशन गरिने प्रतिवेदनमा समेत उल्लेख गर्नु पर्नेछ ।

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले चौथो त्रैमास सकिएको १५ दिनभित्र प्राप्त साँवा ब्याजलाई पनि जोड्न पाउने व्यवस्था गरेको छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाले साउन १५ गतेसम्म प्राप्त साँवा ब्याजलाई गत आवकै आम्दानीमा जोडेर साउन २१ गतेसम्म वित्तीय विवरण पेश गर्नुपर्ने छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्