Skip to content
Shikhar Insurance
National Life

विदेश जाँदा २ सय डलर एयरपोर्टबाटै सटही गर्न सकिने, बैंक जानु नपर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको लागि बैंक धाउन नपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले राहदानी सुविधामा थप नहुने गरी २ सय डलरसम्म एयरपोर्टबाटै सटही गर्न सकिने व्यवस्था गरेको हो ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एक परिपत्र जारी गर्दै भनेको छ ‘नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम ९ को उपविनियम (४) को खण्ड (घ) को व्यवस्था बमोजिम परिवर्त्य विदेशी मुद्रा बिक्री गर्ने इजाजतपत्र प्राप्त गर्ने मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी बापत अधिकतम अमेरिकी डलर २०० (दुई सय मात्र) सम्मको सटही सुविधा प्रदान गर्न सक्नेछन् ।’

राष्ट्र बैंकले एक जनाले राहदानी वापत १५ सय डलरसम्म विदेशी मुद्रा सटही गर्न पाउने व्यवस्था गरेको छ । तर, श्रम स्वीकृति लिएर जानेहरुले भने २ सय डलरसम्ममात्रै विदेशी मुद्रा सटही गर्न पाउँछन् । यस्तो विदेशी मुद्रा सटही राष्ट्र बैंकमा बैंकहरुले गर्छन् ।

केन्द्रीय बैंकले गरेको नयाँ व्यवस्था अनुसार अब, विदेश भ्रमणमा जानेसँगै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुले २ सय डलरसम्मको सटही एयरपोर्टमा रहेका मनिचेञ्जरहरुबाटै गर्न सक्नेछन् । उक्त व्यवस्थाले गर्दा बिदाको दिन वा अत्यावश्यक पर्दा बैंक नखुलेको दिनमा विदेशी मुद्रा सटही नहुने समस्या समाधान भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्