Shikhar Insurance
National Life

त्रिवि सुधार्ने आमरण अनसन छैठौं दिनमा, सात विद्यार्थी संगठनको ऐक्यवद्धता

सिंहदरबार संवाददाता
२०७९ श्रावण १, आईतवार १६:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सुधारको मागसहित आमरण अनसनमा बसेका अनेरास्ववियूका अध्यक्ष र उपाध्यक्षलाई सात विद्यार्थी संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।

नेकपा(एकिकृत समाजवादी) निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले त्रिवि सुधारका माग राख्दै आमरण अनसन बसिररहेका छन् । उनीहरुको आमरण अनसन छैठौं दिनदेखि जारी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनीहरुको स्वास्थ्य अवस्थामा समस्या आएपछि उपपचारका लागि त्रिवि शिक्षण अस्पतालमा उपचार गराईएको थियो । आमरण अनसनलाई नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियनसहित सात विद्यार्थी संगठनले ऐक्यवद्धता व्यक्त गरेका हुन् ।

अनसनरत विद्यार्थी नेताहरुको स्वास्थ्यको ख्याल गर्न पनि उनीहरुले सरकारसँग माग गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्