काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले साउन ९ गतेदेखि सर्वसाधारणहरुका लागि साधारण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागी आइपीओ बाँडफाँड गरी सर्वसाधारणहरुका लागि बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आइपीओ जारी गर्न लागेको हो । जसमध्ये मध्ये ५८ हजार ८०३ कित्ता सामुहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ता आवेदकले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्मका लागि साउन १२ गतेसम्म आवेदन दिनसक्ने छन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन २३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्