काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले नेपालको बीमा क्षेत्रमा नयाँ इतिहास कायम गरेको छ । बीमा क्षेत्रमा मर्जर प्रक्रिया सम्पन्न गरी एकिकृत कारोबार गर्ने पहिलो कम्पनीको रुपमा स्थापित भइ हिमालयन एभरेष्ट इन्स्योरेन्स नयाँ इतिहास रचेको हो । हिमालयन र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच गत वैशाख २२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो ।
जसमा बीमा समितिले गत असार ८ गते नै मर्जरको अन्तिम स्वीकृति दिएको थियो । एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता बराबर हिमालयन जनरलको ८५ किता अर्थात १००ः८५ को सेयर स्वाप रेसियोमा मर्जर भइ ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’ को नामबाट एकिकृत कारोबार शुरु गर्ने सम्झौता अनुसार नै साउन १ गतेदेखि एकिकृत कारोबार शुरु गरेका हुन् ।
यी कम्पनीको एकिकृत कारोबारको औपचारीक शूरुवात काठमाडौंमा आयोजित एक कार्यक्रमबीच बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल गरेका हुन् ।
एकिकृत कारोबार पछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको चुक्तापुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुगेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्