Shikhar Insurance
National Life

अमेजनले बेलायतमा थप चार हजारभन्दा बढीलाई रोजगारी दिने

सिंहदरबार संवाददाता
२०७९ असार ३१, शुक्रबार २२:३३
Hyundai
NCELL
NIMB

अमेरिका । अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले बेलायतमा थप चार हजारभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्ने जनाएको छ । अमेजनले यस वर्ष बेलायतमा चार हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना गर्ने योजना शुक्रबार सार्वजनिक गरेको हो । यो योजनाअन्तर्गत यो राष्ट्रको १० ठूला निजी क्षेत्रका रोजगारदातामध्ये एक बन्नेछ ।

कोभिड–१९ महामारीका कारण भएको लकडाउनको समय अनलाइन किनमेलमा फस्टाइरहेको अमेरिकी ई–कमर्स कम्पनीले बताएअनुसार पछिल्लो विस्तारले आफ्नो स्थायी जनशक्तिलाई ७५ हजारमा पुर्याउनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो नयाँ योजना बेलायतभरिका लागि लागूहुने छ । यस कम्पनीले उत्तरी इङ्गल्यान्डको गोन्स्ली र वेकफिल्डमा दुई नयाँ जनशक्ति भर्ति केन्द्रहरू खोल्ने तय गरेको छ । यो काम सफ्टवेयर विकास, उत्पादन व्यवस्थापन र इन्जिनियरिङमा संस्थागत तथा प्रविधि कार्यहरूमा पनि हुनेछ ।

बेलायतमा तीन वर्षमा यो योजनासहित४० हजार नयाँ रोजगारीको सिजना गर्ने अमेजनले बताएको छ । अमेजन बेलायतका कन्ट्री म्यानेजर जोन बोम्फ्रिजले भने, “स्वान्सीका सिकारुदेखि एडिनबर्गका डेटा वैज्ञानिकहरूसम्म गरी हामी लेवीमा लगानी जारी राख्दैछौं । यो घोषणा यस महिनाको अन्तमा अमेजनको दोस्रो त्रैमासिक आयभन्दा अगाडि आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्