Shikhar Insurance
National Life

सि जिनपिङका दुत फर्किएको हप्ता नबित्दै प्रचण्डको अर्थपूर्ण भारत भ्रमण, मोदीको निम्तो !

सिंहदरबार संवाददाता
२०७९ असार ३१, शुक्रबार ०९:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीनदिने भारत भ्रमणमा जाँदै छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेको बताईएपनि नरेन्द्र मोदीकै जोडबलमा उनी भारत जान लागेका हुन् ।

दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएका थिए । अध्यक्ष दाहालको भ्रमणका बारेमा बिहीबार साँझ बसेको माओवादी केन्द्र स्थायी समिति बैठकमा छलफल भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैठकले अध्यक्ष दाहालको भ्रमणले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न मद्दत मिल्ने निष्कर्ष निकालेको थियो । दाहाल आगामी साउन १ गते स्वदेश फर्कनेछन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको दुतका रुपमा सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल भ्रमण गरि फर्केको एक साता नबित्दै प्रचण्डले भारत भ्रमण गर्नुलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्