Skip to content
Shikhar Insurance
National Life

एमालेकाे स्पष्टीकरणः एम अधिकारी गभर्नर होइनन्, तर ‘एम’ पात्र काे हुन्? प्रष्ट छैन!

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले) ले एम अधिकारी भन्ने व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेको छ । एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी गभर्नर नभएको पार्टीको कार्यालय सचिव डा. भीष्म अधिकारीले बुधबार राष्ट्र बैंकलाई पत्रमार्फत् प्रष्ट पारेका हुन् ।

एमाले पार्टी कार्यालयले नेपाल राष्ट्र बैंकमा पत्र पठाउँदै एमाले कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेको व्यक्तिहरु रहने वैधानिक व्यवस्था नभएको भन्दै एम अधिकारी, खोटाङ नामको सदस्य गभर्नर अधिकारी नभएको प्रष्ट पारेका हो । तर एमालेले अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी पात्र को हुन् भनेर भने स्पष्ट पारेको छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सार्वजनिक पद धारण गरेका राष्ट्र बैंकका गभर्नर अधिकारी एमालेको कार्यकर्ता रहेको बाहिर आएपछि विपक्षीदलका नेताहरु विराेध गरिरहेका छन् भने सेयर लगानीकर्ताहरु गभर्नर राजिनामा माग गर्दै सडक आन्दोलनमा छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्