Shikhar Insurance
National Life

राष्ट्र बैंकका गभर्नर ‘एम अधिकारी’ले तत्काल राजीनामा दिनुपर्छः सांसद श्रेष्ठ

सिंहदरबार संवाददाता
२०७९ असार ३०, बिहीबार १४:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले नेकपा (एमाले) को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उनको संक्षिप्त नाम हो भन्ने रहेको दावी गरे।

विसं २०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको नाममा रहेको र अहिले एम अधिकारीको नाममा रुपान्तरित भएर अर्थ तथा योजनाविद् भनेर राखिएको उनको दावी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“विवाद भएर सबैलाई उहाँ नै हो भन्ने लागेकाले कि त होइन भन्ने पुष्टि भएको कागज सार्वजनिक गर्नुपर्यो, होइन भने विवाद आयो भनेर उहाँले राजीनामा दिनुपर्यो ।”,
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेतासमेत रहेका सांसद श्रेष्ठले भने ।
उत्तल विषयमा उनले एमाले र सम्बन्धित अधिकारीको ध्यानाककर्षण समेत गराए ।

“अधिकारिको विषयमा एमालेले विश्वसनीय ढङ्गले खण्डन गरेको छैन, गर्न सक्ने स्थिति पनि होला की नहोला भन्ने प्रश्न गम्भीर छ”, नेता श्रेष्ठले प्रश्न गरे ।
“राष्ट्र बैंकको ऐन २०५८ को दफा २१ ले गभर्नर, डेपुटी गभर्नर वा कुनै सञ्चालक सदस्य कुनै पनि राजनीतिक दलमा संलग्न हुनु हुँदैन भन्ने स्पष्ट व्यवस्था रहेको छ भने उहाँ त्यहाँ बसिरहन मिल्छ की मिल्दैन ?”

सांसद श्रेष्ठले संवैधानिक परिषदसम्बन्धीको विधेयक फिर्ता लिनसमेत आग्रह गरेका छन् । अघिल्लो सरकारले त्यही काम गर्दा विरोध गरिएको जानकारी गराउँदै उनले सरकार हुँदा एउटा र नहुँदा अर्को कुरा गर्न नहुनेमा जोड दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्