काठमाडौं । महालेखा परिक्षकको प्रतिवेदनले नेपाल राष्ट्र बैंकको सुपरिवेणमा खोट देखाएको छ । महालेखाको ५९ औं प्रतिवेदनले नेपाल राष्ट्र बैंकको कमजोर सुपरिवेक्षणका कारण बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुले नै कर्जाको दुरुपयोग गरेको बताएको हो ।
प्रतिवेदनमा भनिएको छ–‘इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने विभिन्न उद्योग, व्यवसायीहरुले जुन प्रयोजनका लागि कर्जा लिएको हो । सोही प्रयोजनमा उपयोग गर्नु पर्छ । विभिन्न कर्जा लिने त्यस्ता व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तोकिएको प्रयोजनमा प्रयोग नगरि संचालक तथा सम्बद्ध पक्षलाई सापटी दिने लगायतका कार्यमा प्रयोग गरेको देखिन्छ ।
बैंकिङ्ग कर्जाको प्रयोग बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ अनुसार कसैले पनि इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट जुन प्रयोजनको लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनमा नलगाइ अन्यत्र प्रयोग गरी वा गराई कर्जाको दुरुपयोग गर्न वा गराउन नहुने व्यवस्था छ ।
उक्त विषयमा नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंक सुपरिवेक्षण विभाग सबल र प्रभावकारी बनाइ वित्तीय क्षेत्रबाट प्रभाव भएको कर्जा तोकिएको प्रयोजनमा उपयोग भएरनभएको सुनिश्चित गर्न महालेखाले औल्याएको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले राष्ट्र बैंकको सुपरिवेक्षण तथा निगरानी फितलो भएका केहि प्रमाण पनि अघि सारेको छ । राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागले २०७७/७८ मा २०.४५ प्रतिशतमात्रै काम गरेको महालेखाको तथ्यांकले देखाएको छ ।
उक्त आवमा वाणिज्य बैंक सुपरिवेक्षणले ११ प्रतिशतमात्र, विकास बैंक सुपरिवेक्षणले ४४ प्रतिशत, वित्त कम्पनी सुपरिवेक्षणले २४ प्रतिशत र लघुवित्त सुपरिवेक्षण विभागले १७ प्रतिशतमात्रै काम गरेको हो । वाणिज्य बैंक सुपरिवेक्षणले २७ वाणिज्य बैंकमा ३ वटा, १८ वटा विकास बैंकहरुमा ८ वटामा मात्रै, १७ वटा वित्त कम्पनीहरुमा ४ वटामा मात्रै र ७० वटा लघुवित्त संस्थाहरुमा १२ वटामा मात्रै गरी कुल २७ वटा बैंक तथा वित्तीय संस्गाको मात्र सुपरिवेक्षण तथा निगरानी गरेको हो ।
प्रतिक्रिया दिनुहोस्