काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्त कम्पनीले ७१ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । जेठ मसान्तसम्म वाणिज्य बैंकहरुले ६४ अर्ब ६३ करोड, विकास बैंकहरुले ५ अर्ब ७९ करोड र वित्त कम्पनीहरुले ६६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
सो अवधिमा वाणिज्य बैंकहरुमा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले खुद नाफा आर्जन गर्न सफल भएको छ । ११ महिनामा सबैभन्दा बढी खुद नाफा आर्जन गर्ने बैंकहरुको सूचीको दोस्रो नम्बरमा एनआइसी एशिया र तेस्रोमा राष्ट्रिय वाणिज्य बैंक र चौथोमा नबिल बैंक छन् ।
ग्लोबल आइएमई बैंकले चालु आवको बैशाख मसान्तसम्म ४ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा एनआइसी एशियाले ४ अर्ब ५९ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ९२ करोड र नबिल बैंकले ३ अर्ब ८२ करोड रुपैयाँँ खुद नाफा कमाएको हो ।
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये सबैभन्दा कम सिभिल बैंकले खुद नाफा कमाएको छ । बैंकले चालु आवको जेठ मसान्तसम्म ९२ करोड १ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको हो ।
सो अवधिमा ७ वटा वाणिज्य बैंकले ३ अर्ब रुपैयाँदेखि ४ अर्ब ८५ करोड रुपैयाँसम्म र २० वटा वाणिज्य बैंकको १ अर्ब माथि ३ अर्ब रुपैयाँसम्म खुद नाफा आर्जन गरेका छन् ।
यसैगरी, चालु आवको ११ महिनामा विकास बैंकहरुले पौने ६ खर्ब रुपैयाँ बढी खुद नाफा कमाएका छन् । जसमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले कमाएको हो । विकास बैंकहरुतर्फ सबैभन्दा बढी खुद नाफा कमाउने सूचीको दोस्रो नम्बरमा गरिमा विकास बैंक र तेस्रोमा महालक्ष्मी विकास बैंक रहेका छन् ।
सो अवधिमा मुक्तिनाथ विकास बैंकले १ अर्ब २६ करोड, गरिमा विकास बैंकले ९७ करोड र महालक्ष्मी विकास बैंकले ९३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । सो अवधिमा सबैभन्दा थोरै खुद नाफा गर्ने विकास बैंकहरुको सूचीमा साल्पा डेभलपमेन्ट बैंक रहेको छ । बैंकले सो अवधिमा २१ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
सो अवधिमा राष्ट्रियस्तरका विकास बैंकले मुक्तिनाथले खुद नाफा कमाउनमा २ वटा वाणिज्य बैंकहरुलाई समेत पछि पारेका छन् । बैंकले सिभिल र बैंक अफ काठमाण्डूलाई नाफा कमाउनमा पछि पारेको हो ।
यसैगरी, चालु आवको ११ महिनामा वित्त कम्पनीहरुले ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जसमध्ये सबैभन्दा बढी बेष्ट फाइनान्स र सबैभन्दा कम मल्टिनेशनल फाइनान्सले खुद नाफा आर्जन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्