Shikhar Insurance
National Life

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओ बिक्री खुला

सिंहदरबार संवाददाता
२०७९ असार २९, बुधबार १२:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले असार २९ गतेदेखि साधारण सेयर (आइपीओ) बिक्री खुला गरेको छ । कम्पनीले २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता आइपीओ सर्वसाधारणहरका लागि साउन १ गतेसम्मको लागि बिक्री खुला गरेको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दालाई जारी गर्दा बिक्री नभएको ३७ हजार ६३२ कित्ता सेयर पनि थप गरेर आइपीओ बिक्रीमा गर्न लागिएको उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसमध्ये १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोष र ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले राप्ती हाइड्रोको आइपीओलाई ‘कियरएनपी इस्यूअर रेटिङ बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्