Shikhar Insurance
National Life

हिमालयन र सिभिलको कुरा मिल्यो, आज एमओयु, स्वाप रेसियो १००ः८१ नै

सिंहदरबार संवाददाता
२०७९ असार २८, मंगलवार २२:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरमा जाने समझदारी बनेको छ । मंगलबार अबेर दुबै बैंकबीच मर्जरमा जाने समझदारी बनेको हो । हिमालयन बैंकको एक सय कित्ता बराबर सिभिल बैंकको ८१ कित्ता अर्थात १००ः८१ को स्वाप रेसियोमा मर्जर गर्ने सहमति भएको हो । सिभिल बैंकका अध्यक्ष प्रताप जंग पाण्डेले सिंहदरबारसँग भने–‘हाम्रो कुरा मिल्यो, भोली एमओयुमा हस्ताक्षर गर्छाै ।’

मर्जरपछि बन्ने बैंकमा हिमालयनकै सबै सञ्चालक कायम रहनेछन् भने बैंकको नाम पनि हिमालयन नै रहनेछ । हिमालयन बैंककै सिईओ अशोक राणाले निरन्तरता पाउँदा सिभिल बैंकका सिईओ सुनिल पोखरेललाई बरिष्ठ डेपुटी सिईओ बनाउने समझदारी बनेको छ । दुबै बैंकका कर्मचारीहरु समान हैसियतमा रहनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्