काठमाडौं । प्रभु बैंकको संस्थापक सेयर सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको छ । बैंकको ६८ हजार ३९ कित्ता संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा छ ।
बैंकले शंकरलाल अग्रवालको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने लागेको हो । सो सेयर खरिदको लागि इच्छुक संस्था वा सेयरधनी बाहेकको व्यक्तिहरुले आगामी १५ दिन भित्र निवेदन दिन सक्नेछन् ।
बैंकले मंगलबार सुचना जारी गर्दै यसअघि नै संस्थापक सेयरधनीहरुलाई बिक्रीको लागि आह्वान गरेको थियो । सो अवधिमा पर्याप्त आवेदन परेको थिएन ।
प्रतिक्रिया दिनुहोस्