Skip to content
Shikhar Insurance
National Life

११ महिनामा २ खर्ब २२ अर्बले घट्यो देशको विदेशी मुद्रा सञ्चिति

Hyundai
NCELL
NIMB

काठमाडौं । देशको विदेशी मुद्रा सञ्चिति १५.९ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको ११ महिनामा कुल विदेशी मुद्रा सञ्चिति २ खर्ब २२ अर्ब १९ करोड रुपैयाँले घटेको हो ।

आर्थिक वर्ष २०७८ असार मसान्तमा देशको कुल विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो । जुन २०७९ जेठ मसान्तसम्म ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १९.६ प्रतिशतले कमी आई ९ अर्ब ४५ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा २०७९ जेठ मसान्तमा १७.१ प्रतिशतले कमी आई १० खर्ब ३१ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ जेठ मसान्तमा ६.१ प्रतिशतले कमी आई १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७९ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २४.३ प्रतिशत, ५६.१ प्रतिशत र २२.० प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

२०७९ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.० प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्