Skip to content
Shikhar Insurance
National Life

श्वेत गंगा हाइड्रोपावरले साउन ४ गतेदेखि आइपीओ बिक्री खुला गर्दै

Hyundai
NCELL
NIMB

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले साधारण सेयर (आइपीओ) निष्काशनको मिति तय गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि साउन ४ गतेदेखि १८ गतेसम्मका लागि आइपीओ बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आइपीओ जारी गर्न लागेको हो। जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता आइपीओ सामूहिक लगानी कोषलाई र बाँकी २२ लाख ७० हजार २५ कित्ता आइपीओ सर्वधारणको लागि छुट्याइएको छ ।

इच्छुक  लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, मेरोसेयरबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

GBIME

प्रतिक्रिया दिनुहोस्