काठमाडौं । ५७ नम्बरको आर्यतारा ब्रोकर कम्पनीले लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा पुँजी बजार सचेतना कार्यक्रम आयोजना गरेको छ ।
असार २५ गते शनिबार आयोजीत कार्यक्रमको घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीले उद्घाटन गरेका थिए ।
आर्यताराका प्रबन्ध निर्देशक गुणनीधि भुषालले समन्वय गरेको कार्यकक्रममा सुभाष चन्द्र र सन्दिप कुमार चौधरीले पुँजी बजारबारे सचेतना मुलक सहजीकरण गरेका थिए । कार्यक्रममा २ सय भन्दा बढी लगानीकर्ताहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्