काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन् । उनले आफ्नो कन्जर्भेटिभ पार्टी नेताको जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।
पछिल्लो दुई दिनमा जोनसन मन्त्रिमण्डलका सदस्यहरुले धमाधम राजीनामा दिएपछि उनले पार्टी नेताको जिम्मेवारी छाडेका हुन् । यद्यपी आगामी २८ दिनसम्म जोनसन नै बेलायतको प्रधानमन्त्री रहनेछन् । कञ्जर्भेटिभ पार्टीले नयाँ नेताको निर्वाचन सकेपछि नयाँ प्रधानमन्त्री चयन हुनेछ ।
बेलायती वित्त मन्त्री ऋषी सुनक र स्वास्थ्य मन्त्री साजिद जाविद लगायतका ५० भन्दा बढी मन्त्रीहरुले राजीनामा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्