काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएसँगै नयाँ अर्थमन्त्रीको खोजी शुरु भएको छ । नेकपा माओवादीका नेता शर्माले पदबाट राजीनामा दिएपछि माओवादीबाटै अर्थमन्त्री बनाउन सकिने सम्भावना छ ।
शर्माले बुधबार प्रतिनिधि सभामा बोल्दै संसदीय समितिद्वरा गठित छानविन समितिलाई मार्ग प्रशस्त गर्न भन्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।
शर्माले राजीनामा दिएपछि माओवादीले अर्को नेतालाई अर्थ मन्त्रालयमा पठाउन सक्ने अपेक्षा गरिएका चौतर्फि रुपमा गरिएको छ । माओवादीको तर्फबाटै अर्थमन्त्रालय पठाउँदा वर्षमान पुन र्निविकल्प अर्थमन्त्रीका पात्र हुन् ।
पछिल्लो समय प्रचण्डलाई निस्वार्थ साथ दिँदै आएका पुनलाई नै माओवादीले आफ्नो तर्फबाट अर्थमन्त्रालय पठाउन सक्ने प्रवल सम्भावना छ । तर, पुनले भने छानबिनबाट निर्दोष सावित भएपछि जनार्दन शर्मा नै अर्थमन्त्रीको रुपमा जाने भन्दै माओवादीले शर्माको विकल्पमा अर्को व्यक्ति नखोजेको प्रष्ट पारिसकेको छन् । बुधबार संसद् बैठकपछि पत्रकारहरूसँग पुनले यस्तो प्रतिक्रिया दिएका हुन्।
त्यसो त माओवादीका कारण सिंगो सरकार नै बदनाम भएको भन्दै अर्थमन्त्रालय कांग्रेसले लिन सक्ने सम्भावना रहेको जानकारहरु बताउँछन् । यस्तो अवस्थामा गृहमन्त्री र अर्थमन्त्री साटासाट हुनसक्ने उनीहरुको बुझाइ हो ।
यस्तो अवस्था सिर्जना भएमा कांग्रेसको तर्फबाट ज्ञानेन्द्र बहादुर कार्कीलाई अर्थमन्त्रीको जिम्मेवारी दिएर वर्षमान पुनलाई गृहमन्त्री बनाइन सक्ने सम्भावना रहेको स्रोत बताउँछ । यद्दपि शर्मा घर गएसँगै माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई गृहसहित उपप्रधानमन्त्री दिएर अर्थमन्त्री कांग्रेसले नै सम्हाल्ने तयारी भइरहेको स्रोतको भनाइ छ । कांग्रेसले अर्थमन्त्री बनाउन पहिलो प्राथमिकतामा कार्कीलाई राखेपनि महामन्त्री गगन थापा र डा. मिनेन्द्र रिजालले पनि आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्