Shikhar Insurance
National Life

अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा, भन्छनः “सैनिक नेतृत्वले जस्तै दोषी करार गरियो”

सिंहदरबार संवाददाता
२०७९ असार २२, बुधबार १६:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेको हुन् ।

आफुले राम्रो काम गदागर्दै पनि गलत आरोप लगाएर छानविन कमिटी गठन गरिएको भन्दै छानविनको लागि सहयोगमा राजीनामा दिइएको उनले बताए ।
‘देश र जनताको पक्षमा राम्रो काम गर्दा गर्दै पनि म माथि गलत आरोप लगाइयो, यही हो लोकतन्त्र ? यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो । विषयहरु कसरी आए ? कसरी प्रस्तुत भए ? र यहाँ भ्रम सिर्जना गर्ने प्रयत्न भए ? यसको गहन अध्ययन हुनु जरुरी छ । एउटा छानबिनको लागिमात्रै नभएर हजारौं छानबिनको लागि तयार छु ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले संसदीय समितिको छानविनका लागि मार्ग प्रशस्त गरेको भन्दै उनले छानविनबाट बाहिर आएका सबै विषयको स्पष्टिकरण दिँदै छानविनलाई सहयोग गर्ने प्रतिवद्धता गरे ।

विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको भन्दै उनले आफूले भने त्यसो नगर्ने जानकारी संसद्लाई गराए ।
उनले छानबिन समितिको काम कारवाहीलाई सहज बनाउनका लागि पदबाट राजीनामा दिएको बताए ।

आफुले अनधिकृत काम नभएकोस्पष्ट पार्दै तोकिएको मानिस बाहेक बजेट निर्माणका अन्य कोही पनि मानिस संलग्न नभएको उनले दावी गरे ।

“सैनिक नेतृत्वले जस्तै दोषी करार गरियो । यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो । यो राजनीतिक प्रतिशोध हो ।”

उनले आफू विरुद्ध अनेक कथा बुनिएको भन्दै गलत प्रचारको खण्डन गरे । अर्थमन्त्रीले मन्त्रालयमा राखिएको सिसिटिभीको क्षमताका बारेमा थाहा नभएको र आफूले त्यसका बारेमा कुनै चासो नराखेको बताए ।

विगतमा अनधिकृतरूपमा सुपारी, केराउ र मरिच आयात गरेर तस्करी गर्ने गरिएको जानकारी दिँदै उनले त्यसलाई आफूले रोकिदिएको बताए ।

आगामी आवको बजेटमा विलासी विद्युतीय सवारी साधनको हकमा सामान्य मात्रै करको दर हेरफेर गरिएको उनले जानकारी दिए । मन्त्री शर्माले माइतीघर मण्डलमा ‘रातो कर माफ गर’ भन्दै महिलाले गरेको आन्दोलन र उनीहरूले उठाएको माग सम्बोधन गर्न स्यानेटरी प्याडमा कर छुट दिइएको बताए ।

निर्यात बढाउने लक्ष्यका साथ आफूले बजेटमा विशेष प्रबन्ध गरेको, कृषि क्षेत्रको विकासमा जोड दिएको तथा समाजमा सबै वर्ग तथा क्षेत्रलाई उत्साहित बनाएको उनले स्पष्ट पारे । अर्थमन्त्रीले विगतमा बच्चाले खाने दूधमा कर बढाएर चकलेट आयातमा कर घटाइएको तथ्यसमेत पेश गरे । सीमित व्यक्तिलाई लाभ हुने गरी विगतमा करका दरमा हेरफेर गरिएको भन्दै उनले आफूले आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिएकाले विरोध गरिएको त होइन भन्ने प्रश्न समेत गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्