Shikhar Insurance
National Life

आयमूलक कार्यक्रमलाई जोड दिँदै गाउँपालिका

सिंहदरबार संवाददाता
२०७९ असार २२, बुधबार १३:०६
Hyundai
NCELL
NIMB

तनहुँ । बन्दीपुर गाउँपालिकाले आफ्ना क्षेत्रभित्रका बासिन्दालाई लक्षित गरी आर्थिक आयआर्जनमूलक कार्यक्रमलाई जोड दिँदै आएको छ । गाउँगाउँका महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरेर आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले सीपमूलक तालिमलाई प्राथामिकता दिएको हो ।

गाउँपालिकाले महिलाहरुका लागि सिलाइकटाइ गर्न मेशिन, सालको पातको टपरी र चप्पल उद्योग सञ्चालनका लागि केही दिनअघि तालिम प्रदान गरिसकेको छ । बन्दीपुर–६ को धरमपानीमा चप्पल उद्योग सञ्चालनमा ल्याउने तयारीका साथ तालिम प्रदान गरिसकेको गाउँपालिकाले जनाएको छ । उक्त वडास्थित धरामपानी महिला उद्यमी समूहलाई तालिम प्रदान गरी चप्पल उत्पादन गर्न लागेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गण्डकी प्रदेश सरकारको गरिबी निवारण उद्यमी विकास कार्यक्रमअन्तर्गत दुई लाख १३ हजार पाँच सयमा मेशिन खरिद गरी स्थानीय १२ जनालाई तालिम प्रदान गरिसकिएको जनाइएको छ ।

तालिमबाट सिकेका सीप तथा जनशक्तिलाई परिचानल गरी चप्पल उत्पादन गरी बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ । तालिमपश्चात् सालको पातको टपरी र चप्पल उत्पादन गरेर पालिकास्तरमै खपत गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए ।

बन्दीपुर–५ स्थित याम्पा महिला उद्यमी समूहलाई चारवटा सिलाइकटाइ मेशिन प्रदान गरेर आयआर्जनतर्फ सक्रिय बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिए ।

गाउँपालिका कार्यालयले बन्दीपुर बजार क्षेत्रमा पेपर प्लेट विस्थापित गरी सालको पातको टपरी प्रयोगमा ल्याउने गरी काम अघि बढाइएको छ । टपरी बनाउनका लागि स्थानीय बाह्र जनालाई तालिम प्रदान गरिसकेको जनाइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्