देशमा वि.सं. २०४६ को राजनीतिक परिवर्तन पश्चात् देशले आर्थिक उदारीकरणको नीति अवलम्बन गरेसंगै धितोपत्र कारोबार ऐन, २०४० मा वि.सं.२०४९ मा प्रथम संशोधन गरी नेपाल सरकारबाट एक छुट्टै नियमन निकायको रुपमा वि.सं. २०५० जेष्ठ २५ मा धितोपत्र बोर्ड (बोर्ड) को स्थापना भई आवश्यक नियमन पूर्वाधार तयार गर्ने कार्य र तत्कालीन सेक्युरिटी खरिद बिक्री केन्द्रलाई नेपाल स्टक एक्सचेञ्ज लि.मा परिवर्तन गरी वि.सं.२०५० पुष २९ गते देखि उक्त एक्सचेञ्ज मार्फत् धितोपत्रको दोस्रो बजार संचालन भई सूचीकृत संगठित संस्थाका धितोपत्रको खरिद बिक्री कारोवार प्रारम्भ भएपश्चात् नेपालमा धितोपत्र बजारको संगठित तथा व्यवस्थित विकासको शुरुवात भएको हो ।
बोर्डले स्थापना देखिनै धितोपत्र बजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुको हित संरक्षण गर्न धितोपत्रको निष्काशन, खरिद, बिक्री, वितरण तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार तथा धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरुको काम कारवाहीलाई नियमित तथा व्यवस्थित गर्न र सरकारलाई बजारको विकासका सम्बन्धमा आवश्यकता अनुसार परामर्श दिने कार्य गर्दै आएकोमा वि.सं. २०७४ भदौ ११ गते वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ लागू भएपश्चात् उक्त ऐनको व्यवस्था बमोजिम बोर्डलाई वस्तु विनिमय बजार नियमन तथा सुपरिवेक्षण गर्ने जिम्मेवारी समेत प्राप्त भएको छ ।
बोर्ड दक्षिण एशियाली धितोपत्र बजार नियमन निकायहरु वीच धितोपत्र बजार नियमन तथा विकास प्रबद्र्धन गर्न आपसी सहयोग तथा समझदारी अभिबृद्धि गर्ने उद्देश्यले स्थापित साउथ एशियन सेक्युरिटीज रेगुलेटर्स फोरम–(एसएएसआरएफ) को सदस्य, धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुको हित प्रबद्र्धन सम्बन्धमा अन्तर्राष्ट्रियस्तरमा सहयोग आदान प्रदान गर्ने उद्देश्यले स्थापित इन्टरनेसनल फोरम फर इन्भेटर–(आइएफआइइ) को संस्थापक सदस्य, विश्व धितोपत्र तथा फ्यूचर्स बजारको नियमन व्यवस्थाको स्तर अभिबृद्धि गरी लगानीकर्ताको सुरक्षा गर्ने, बजारलाई स्वच्छ तथा पारदर्शी बनाउने तथा प्रणालीगत जोखिम घटाउने उद्देश्यले स्थापित धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था (आइओएससीओ) एशोसिएट सदस्य तथा विश्वभर वित्तीय शिक्षाको मुद्दामा नीति निर्माता तथा सरोकारवालाहरु वीच आपसी सहयोगको प्रबद्र्धन तथा सहजीकरण गर्ने उद्देश्यले स्थापित आर्थिक सहयोग र विकासको लागि संगठन/ वित्तीय शिक्षामा अन्तर्राष्ट्रिय नेटवर्क (ओइसीडी/आइएनएफइ) को पूर्ण सदस्य भईसकेका कारण नेपालको धितोपत्र बजार अन्तर्राष्ट्रिय धितोपत्र बजारसंग एकीकृत भई अन्तर्राष्ट्रिय धितोपत्र बजारको एक अंगको रुपमा स्तरीय एवं विश्वसनीयरुपमा विकास(विस्तार हुनुपर्ने अवस्था रहेको भएतापनि बजार नियमन तथा सुपरिवेक्षण पूर्वाधार र दोस्रो बजार पूर्वाधारहरुमा संतोषजनक सुधार तथा विकास हुन सकेको देखिदैन् ।
धितोपत्र बजार नियमन, बजार संचालन तथा धितोपत्र व्यवसायी सेवा सम्बन्धी गतिविधिहरु अपेक्षितरुपमा स्वचालित तथा सूचना प्रविधिमैत्री नहुनुका साथै धितोपत्र बजार तथा नियमनको पहुंच देशव्यापी नहुदा देशमा हालसम्म देशभर छरिएर रहेको स(सानो पुँजीको प्रभावकारीरुपमा दीर्घकालीन परिचालन, बजारमा पुँजी परिचालनका लागि सवै क्षेत्रका संगठित संस्थाहरुको प्रवेश भर्ई बजारको सन्तुलित विकास तथा विस्तार र लगानीकर्ताहरुको लागि धितोपत्र बजार लगानीको एक विश्वसनीय विकल्प हुन सकेको छैन् ।
२. वर्तमान अवस्था
हाल बोर्डको स्पष्ट आगामी रोड म्याप समावेश भएको चार वर्षीय रणनीतिक योजना (२०७७/७८ र २०८०/८१) तर्जुमा भई कार्यान्वयन चरणमा रहेको छ भने बोर्डको सुदृढ वित्तीय अवस्था एवं बचतमा बृद्धि हुदै गएकोले बोर्ड वित्तीयरुपमा सबल निकायको रुपमा विकसित भएको देखिन्छ । त्यस्तै, बोर्डमा नयाँ संगठन संरचना लागू, बोर्डमा आवश्यक न्यूनतम संख्यामा योग्य एवं अनुभवी कर्मचारी उपलब्ध हुनुका साथै नयाँ संगठन संरचना अनुसार जनशक्ति व्यवस्थाका लागि आन्तरिक बढुवा तथा खुल्ला प्रतिस्पर्धा मार्फत् कर्मचारी नियुक्ति प्रकृया अन्तिम चरणमा रहनुका साथै बोर्डको उच्च व्यवस्थापनमा धितोपत्र बजार नियमन तथा सुपरिवेक्षण र बजार उतारचढावको लामो अनुभव रहेको छ । बोर्डमा सूचना प्रविधि नीति, २०७६ तथा सूचना प्रविधि सञ्चालन म्यानुअल, २०७७ लागू र विद्युतीय विवरण प्रवाह तथा प्राप्ति प्रणाली (इआरआरएस) को विकास गरी सञ्चालनमा आईसकेको अवस्था छ ।
बोर्डका कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि वित्तीय क्षेत्रको अग्रीणी अन्तर्राष्ट्रिय तालिम प्रदायक संस्था टोरन्टो केन्द्रसंग तीन वर्षका लागि समझदारी भई दोस्रो वर्षको पहिलो चरणको तालिम तथा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । बोर्ड आइओएससीओको एशोसियट सदस्य तथा ओइसीडी÷आइएनएफई को पूर्ण सदस्य भैसकेकाले अन्तर्राष्ट्रिय शिद्धान्त तथा असल अभ्यास अनुरुपका बजार नियमन पूर्वाधार र दोस्रो बजार तथा व्यवसाय संचालन पूर्वाधारको व्यवस्था गर्ने र बजार नियमन तथा संचालन सम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्तहरुको क्रमिकरुपमा परिपालना गर्ने अभ्यास अगाडि बढाउनुपर्ने अवस्था रहेको छ ।
धितोपत्र बजारको २०७९ बैशाख मसान्तको अवस्था हेर्दा बजारमा तथा बोर्डको नियमन दायराभित्र दोस्रो बजार सञ्चालक स्टक एक्सचेञ्ज (नेप्से) एक, धितोपत्रको केन्द्रीय निक्षेप तथा राफसाफ तथा फछ्र्याैट सेवा प्रदायक कम्पनी सिडिएस एण्ड क्लियरिङ्ग लि. (सिडिएससी) एक, धितोपत्रको शाख मूल्याङ्कन सेवा प्रदायक संस्था क्रेडिट रेटिङ्ग कम्पनी तीन, धितोपत्र व्यापारी एक, सामूहिक लगानी कोष १८, मर्चेण्ट बैंकर ३०, धितोपत्र दलाल व्यवसायी स्टक ब्रोकर ५०, निक्षेप सदस्य ८१, आस्वा सदस्य ४९, योग्य संस्थागत लगानीकर्ता ९५ र सूचीकृत संगठित संस्था २२९ गरी कुल ५५८ संस्थाहरु रहेका छन् । धितोपत्र बजारमा बजार सहभागीहरुको संख्या पछिल्ला वर्षहरुमा दुर्तरुपमा बढ्दै गएको छ । हाल धितोपत्रको प्राथमिक बजारमा धितोपत्र खरिदका लागि मेरो सेयर प्रयोग गर्ने लगानीकर्ताको कुल संख्या ४३ लाख ९ हजार र दोस्रो बजारमा कारोवारका लागि डीम्याट खाता खोल्ने लगानीकर्ताहरुको कुल संख्या ५१ लाख ९४ हजार पुगी सकेको अवस्था छ । डीम्याट खाता खोल्ने लगानीकर्ताको संख्या कुल जनसंख्याको करिब १८ प्रतिशत पुगी सकेको देखिन्छ जुन शार्क क्षेत्रका अन्य देशहरु भन्दा निकै बढी रहेको छ ।
धितोपत्रको प्राथमिक बजारमार्फत् हुने पुँजी परिचालित रकमको अवस्था हेर्दा आर्थिक वर्ष ०७७/७८ मा ६१ संस्थाले करिब रू.१ खर्ब ८ अर्ब रकम बराबरको धितोपत्र निष्काशनका लागि बोर्डबाट अनुमति प्राप्त गरेको अवस्था छ भने आर्थिक वर्ष २०७८/७९ को बैशाख मसान्तसम्ममा बोर्डले कुल ३८ वटा संगठित संस्थाहरुलाई रु.२७ अर्ब ४१ करोड रकम बरावरको धितोपत्रको सार्वजनिक निष्काशन गरी पुँजी परिचालन गर्न अनुमति दिएको अवस्था छ । त्यस्तै, दोस्रो बजारको २०७९ बैशाख मसान्तको अवस्था हेर्दा सूचीकृत धितोपत्रको चुक्ता पुँजी रु.६ खर्ब ६२ अर्ब, आर्थिक वर्ष २०७८/७९ को बैशाख मसान्तसम्मको औषत दैनिक कारोवार रु.५ अर्ब ८८ करोड र सूचीकृत धितोपत्रको कुल बजार मूल्य रु.३३ खर्ब ४३ अर्ब ५६ करोड रहेको देखिन्छ । त्यस्तै, पछिल्लो समयमा धितोपत्र बजारबाट नेपाल सरकारलाई पुँजीगत लाभकर तथा अग्रीम कर वापतको राजस्व योगदानमा ठूलो बृद्धि आई आर्थिक वर्ष २०७७/७८ मा रु. १५ अर्ब ५३ करोड १६ लाख पुगेको छ भने आर्थिक वर्ष २०७८/७९ को जेठ १७ गतेसम्म रु. ११ अर्ब ३ करोड ३६ लाख राजस्व योगदान भएको छ ।
३. सुधार तथा विकासका मुद्दा तथा चुनौतीहरु
बोर्डको सुपरिवेक्षण कार्य ऐन, नियमावली तथा निर्देशिकामा भएका व्यवस्थाहरुको परिपालना भए नभएको पत्ता लगाउने र नभएको भएमा तुरुन्त परिपालना गर्न ताकेता गर्ने वा परिपालना नगरेकोमा कानुनी कारवाही अगाडि बढाउने पनि हो । प्रत्येक व्यवस्थाहरुको परिपालना भएको सुनिश्चित गर्नुपर्ने र नियमित अन्तरालमा विविध प्रकृतिको कार्य गर्नुपर्ने बोर्ड जस्तो नियमन निकायमा उद्योग स्रोत योजना (Enterprise Resource Planning) जस्तो परिस्कृत सफ्टवेयर प्रयोग हुनु पर्नेमा हालसम्म यस्तो व्यवस्था नहुदा बोर्डको संचालन व्यवस्था प्रभावकारी हुन सकेको छैन ।
बोर्डको आन्तरिक सुशासनमा सुधार ल्याउन बोर्डको सञ्चालक सदस्यहरु र बोर्ड कर्मचारीहरुका लागि छुट्टाछुट्टै आचार संहिता बनाई लागू गरिएको भएतापनि सो आचार संहिताको परिपालना भएनभएको अनुगमन नभैरहेकाले यसमा सुधार गर्नुका साथै बोर्डको खरिद प्रकृया योजनावद्ध, स्वच्छ तथा पारदर्शी बनाउनका लागि बार्षिक खरिद योजना बनाई सोही अनुसार खरिद कार्य गर्ने र खरिद प्रकृया, खरिद भएको सामाग्रीहरुको अभिलेख प्रकृयामा सुधार गरी बोर्डको खरिद तथा आन्तरिक नियन्त्रण प्रणालीमा सुधार गर्न आवश्यक छ ।
त्यस्तै, बोर्डको अभिलेख तथा तथ्याङ्क व्यवस्थापन प्रणाली हालसम्म आधारभूतरुपमा म्यानुअल नै रही बजार सहभागीहरुबाट बोर्डमा पेश भएका कागजात तथा विवरणहरुको अभिलेख राख्ने तथा फाइलिङ्ग गर्ने कार्य क्रमबद्ध हुन सकेकोे छैन् । साथै, धितोपत्र बजार सम्बन्धी तथ्याङ्कहरुको केन्द्रीयरुपमा व्यवस्थापन गर्ने कार्य हालसम्म हुन नसकेकोले यसमा सुधार गरी बजार सम्बन्धी जानकारी तथा तथ्याङ्कहरुको सुदृढ व्यवस्थापन गर्न आवश्यक देखिन्छ ।
बोर्डको संंरचनात्मक, संस्थागत क्षमता तथा आन्तरिक सुशासन सम्बन्धमा विभिन्न कमिकमजोरीहरु हुनु, आफ्नै कार्यालय भवन तथा एकीकृत स्वचालित बजार सुपरिवेक्षण प्रणालीको अभाव हुनु, बजार नियमन सम्बन्धी कानुनी पूर्वाधारहरुमा अप्रयाप्तता तथा नियमन स्वायत्ततामा कमी, गुनासा समाधानको सुदृढ व्यवस्थाको अभाव, बजार सुपरिवेक्षण तथा अनुसन्धान, कानुन प्रवलीकरण, लेखा र सूचना प्रविधि सम्बन्धी योग्य तथा दक्ष कर्मचारीको अभाव, बोर्डमा स्तरीय कार्य सञ्चालन विधि (एसओपी) को अभाव, बोर्डमा स्तरीय व्यवस्थापन सूचना प्रणाली र लेखा तथा अन्य आन्तरिक गतिविधि स्वचालितरुपमा सम्पन्न गर्ने सूचना प्रविधि सम्बन्धी आधुनिक सफ्टवेयर (इआरपी,एफएसीटी,इआरपी.एनजी) को अभाव, लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धि र कर्मचारीहरुको व्यावसायीकता अभिबृद्धिका लागि संस्थागत व्यवस्थाको अभाव रहेको देखिन्छ ।
नेप्से, सिडिएससी तथा बोर्डको संरचनागत कमीकमजोरीमा सुधार ल्याई अन्तर्राष्ट्रिय स्तरको बजार तथा नियमन पूर्वाधारको व्यवस्था गर्ने, बोर्डको कार्यालय भवनको लागि जग्गाको व्यवस्था गरी आधुनिक कार्यालय भवन निर्माण गर्ने, बजार नियमन, बजार सञ्चालन तथा बजार व्यावसायी सेवालाई सूचना प्रविधिमा आधारित तथा स्तरीय बनाउने, बजारमा संस्थागत लगानीकर्ताको संलग्नता बढाई धितोपत्रको मागमा बृद्धि तथा मूल्यमा स्थिरता ल्याई बजारलाई स्थायित्व दिने, लगानीको जोखिम न्यूनीकरणका लागि बजार औजार तथा सेवामा विविधिकरण ल्याउने, ऋणपत्रको एकीकृत स्वचालित बजारको व्यवस्था गर्ने, बुक बिल्डिङ्ग प्रणाली प्रभावकारीरुपमा लागू गरी वास्तविक क्षेत्रका कम्पनीहरुको बजार प्रवेशमा बृद्धि ल्याई बजारको सन्तुलित विकास(विस्तार गर्ने, धितोपत्र दलाल व्यवसायीहरुको सञ्जाल बढाई दोस्रो बजारको पहुंच देशव्यापी बनाउने लगायतका काम गर्नु पर्ने देखिन्छ ।
बोर्ड धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था (आइओएससीओ) को एशोसिएट सदस्य भएकाले उक्त संस्थाको सिद्धान्त अनुसार कानुनी तथा नियमन संरचनाको सुदृढीकरण गर्ने, बजार सुपरिवेक्षण तथा कानुन प्रवलीकरणको सुदृढ व्यवस्था गर्दै बजार नियमनसम्बन्धी ऐन नियममा भएका व्यवस्थाहरुको प्रभावकारीरुपमा प्रवलीकरण गरी धितोपत्र बजार तथा वस्तु विनिमय बजार नियमनको सुदृढ व्यवस्था गर्ने, भित्री सूचनाको आधारमा हुने कारोवारलाई निरुत्साहित गरी कम गर्न भित्री कारोवार निषेध नियमावली हाल मस्यौदाकै क्रममा रहेकाले मस्यौदा कार्य शिघ्र सम्पन्न गरी नेपाल सरकारको स्वीकृति प्राप्त गरी लागू गर्ने, धितोपत्र बजारलाई गैर कानुनी सम्पत्ति निर्मलीकरणको माध्यम हुन नदिने, बजारको सुधार तथा विकास सम्बद्ध पक्षहरुको बढ्दो चासो तथा जोडका विषयहरुको प्रभावकारी संवोधन र राष्ट्रिय गौरवका आयोजना तथा अन्य विकास पूर्वाधारहरुको निर्माणका लागि बजार मार्फत् ठूलो परिमाणमा पँुजी परिचालनको प्रभावकारी व्यवस्था गर्ने, स्थानीय वस्तुको समेत प्रवद्र्धन हुने गरी वस्तु विनियम बजार नियमन तथा विकासको शुरुवात गर्ने, भेञ्चर क्यापिटल तथा प्राइभेट इक्युटी, योग्य संस्थागत लगानीकर्ता र धितोपत्र व्यापारीको नियमन लगायतका नियमनका सुदृढ व्यवस्थाहरु गरीे बढ्दो नियमन जिम्मेवारी सशक्तरुपमा पूरा गर्ने जस्ता विभिन्न चुनौतीहरु रहेका छन् ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को व्यवस्था अनुसार बोर्डलाई आवश्यक नियमहरु तर्जुमा गर्ने तथा नेपाल सरकारको स्वीकृतिमा लागू गर्ने र बजार सहभागीहरुको विनियम तथा बोर्ड सम्बन्धी निर्देशिका स्वीकृत गर्ने अधिकार छ । यस्तो व्यवस्था भएपनि धितोपत्र बजार नियमन तथा विकास सम्बन्धी नीति, ऐन, नियम, निर्देशिका, विनियम तथा नीतिहरु धेरै वर्ष अघि तर्जुमा भई लागू भएको र हाल परिवर्तित सन्दर्भमा उक्त व्यवस्थाहरु प्रयाप्तता एवं स्तरीय नहुँदा बजार नियमन तथा विकास कार्य कठिन एवं चुनौतिपूर्ण हुंदै गएकोले सम्बन्धित नीति, नियम तथा विनियमहरुमा समय सापेक्ष संशोधन तथा नयाँ व्यवस्था गर्नुपर्ने अवस्था छ ।
त्यस्तै, नेपाल सरकारको विभिन्न आवधिक योजना र वार्षिक नीति तथा कार्यक्रममा उल्लिखित धितोपत्र बजार सुधार तथा विकास सम्बन्धी कार्यक्रमहरु निर्धारित समयसीमामा सम्पन्न हुन सकेको देखिदैन् । नेप्सेले वि.सं.२०७५ कार्तिक २० गते देखि सञ्चालनमा ल्याएको अनलाईन कारोवार प्रणाली हालसम्म पनि समस्या रहित किसिमबाट सञ्चालन हुन नसकिरहेकाले यसमा सुधार गरी अन्तर्राष्ट्रिय स्तरको कारोवार प्रणालीको व्यवस्था गर्नुपर्ने छ भने सिडिएससीले हालसम्म ऋणपत्र कारोवारको राफसाफ तथा फछ्र्र्याैट T+0 मा गर्न नसक्दा ऋणपत्रको एकीकृत स्वचालितरुपमा कारोवार हुन नसकिरहेकोले यसमा पनि सुधार ल्याउन आवश्यक छ । दोस्रो बजारको हालको अवस्था र मूल्य तथा सूचकांकको प्रवृत्तिको आधारमा नियमन व्यवस्थाको प्रभावकारिता बढाउन तथा दोस्रो बजारलाई स्थायित्व दिनका लागि साना तथा मझौला कम्पनीहरुको धितोपत्र छुट्टै सूचीकरण तथा कारोबार हुने गरी SMEs Platform हुनु पर्नेमा सो हालसम्म हुन सकेको छैन् ।
त्यस्तै, धितोपत्रको दोस्रो बजार कारोवारमा लगानीकर्ताहरुले धितोपत्र विक्री गरेको रकम समयमै भुक्तानी नपाउने हालको राफसाफ सम्बन्धी समस्या समाधान गर्न धितोपत्रको दोस्रो बजार कारोवारको राफसाफ तथा फछ्र्यौट प्रणालीलाई गतिशील एवं विश्वसनीय बनाउन आवश्यक उपयुक्त रकमको सञ्चालन योग्य राफसाफ सुनिश्चितता कोष (SGF) को व्यवस्था गर्न आवश्यक छ । त्यस्तै, विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ लागू भएको तीन वर्ष भैसक्दा समेत भेञ्चर क्यापिटल तथा प्राइभेट इक्विटी सञ्चालनलाई अनुमति दिई सञ्चालनका लागि सहजीकरण गर्ने कार्य हालसम्म हुन सकेको नदेखिएकाले बजार नियमन पूर्वाधार तथा नियमन निकायको नियमन क्षमता विकास तथा सुदृढीकरण गर्नुपर्ने अवस्था रहेको छ ।
बोर्डमा अधिकांश सूचिकृत कम्पनीहरुले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को व्यवस्था बमोजिम वार्षिक प्रतिवेदन तोकिएको समयमा पेश गर्ने गरेको देखिदैन् । त्यस्तै, अधिकांश सूचिकृत कम्पनीहरुले संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन बोर्डमा पेश गरेको देखिदैन् । सूचिकृत कम्पनीहरुले मूल्य संवेदनशील सूचना तत्कालै वा भोलिपल्ट कारोवार शुरु हुनु अगावै बोर्डमा पेश गर्नु पर्नेमा केही सूचिकृत कम्पनीहरुले यो व्यवस्थाको समेत परिपालना गरेको देखिदैन् । धितोपत्र व्यवसायीहरुले ऐन नियम बमोजिम बोर्डमा बुझाउनुपर्ने विवरण तथा शुल्क समेत समयमा बुझाएको तथा बोर्डको खातामा जम्मा गरेको नदेखिनुका साथै उल्लिखित अन्य समस्याहरुलाई गंभिररुपमा लिई परिपालना गराउने कार्य तत्काल हुन आवश्यक छ ।
बोर्डको सुपरिवेक्षण अभ्यास तथा प्रणाली स्तरीय एवं विश्वसनीय हुन सकेको छैन् । बोर्डले हालसम्म जोखिममा आधारित सुपरिवेक्षण प्रणाली लागू गर्न र धितोपत्र व्यवसायीहरुलाई रिपोर्टिङ्ग फरम्याटको विकास गर्न र सूचिकृत कम्पनी तथा व्यवसायीहरुको गतिविधिहरुको प्रभावकारीरुपमा सुपरिवेक्षण, अनुसन्धान तथा कानुन प्रवलीकरण गर्न आवश्यक म्यानुअल बनाई लागू गर्न सकेको छैन् ।
त्यस्तै, धितोपत्र बजारमा हालसम्म NFRS प्रभावकारीरुपमा लागू नहुँदा बजार सहभागीहरुको विवरण प्रवाहमा एकरुपता आउन सकेको छैन् । बोर्डमा अनलाईन कारोवारको अनुगमन तथा सुपरिवेक्षणका लागि एकीकृत स्वचालित बजार सुपरिवेक्षण प्रणालीको व्यवस्था नहुंदा धितोपत्रको दोस्रो बजारको प्रभावकारी सुपरिवेक्षण हुन सकेको छैन् । यसले गर्दा बजारमा भित्री कारोवार, कर्नरिङ्ग तथा मूल्यमा उतार चढाव ल्याउने जस्ता अस्वच्छ गतिविधिहरु बढ्दै गएको देखिन्छ ।
नेपालको धितोपत्र बजारमा हालसम्म लगानीकर्ताका लागि साधारण सेयर, संस्थागत ऋणपत्र, सरकारी ऋणपत्र, सामूहिक लगानी योजनाका एकाई बाहेक अन्य लगानी औजारहरु उपलब्ध हुन सकेको छैन् । त्यस्तै, बजार सेवामा विविधिकरणका लागि धितोपत्र दलाल व्यवसायीलाई डिलरको कार्य समेत गर्न सक्ने व्यवस्था गर्न आवश्यक छ । हाल बजारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र धितोपत्र सार्वजनिक निष्काशन गरी पुँजी परिचालन गर्दा धितोपत्र बजारको सन्तुलित विकास विस्तार नहुनुका साथै देशको धितोपत्र बजारले अर्थतन्त्रको ऐनाको रुपमा काम गर्न सकेकोे छैन् ।
यसमा सुधार ल्याउनका लागि सेयरको निष्काशनमा स्वतन्त्र मूल्य निर्धारण (बुक विल्डिङ्ग) सम्बन्धी निर्देशिकालाई विश्वसनीयरुपमा कार्यान्वयनमा ल्याई बास्तविक क्षेत्रका राम्रो कार्यसम्पादन भएका कम्पनीहरुलाई धितोपत्र बजारमार्फत् पुँजी परिचालनका लागि आकर्षित गरी धितोपत्र बजारको सन्तुलित विकास तथा विस्तार गर्नमा ढिलाई गर्न नहुने भएको छ । साथै, बजारमा प्रविधिको विकास तथा बढ्दो परिमाणमा सार्वजनिक निष्काशन समेत हुने गरेकोले धितोपत्रको प्राथमिक बजार सेवामा लाग्ने शुल्कमा पुनरावलोकन गरी बजार सेवालाई प्रतिस्पर्धी बनाउन आवश्यक छ ।
महालेखा परीक्षकको कार्यालयको २०७५ को वार्षिक प्रतिवेदनमा २०७४ माघ ९ देखि वस्तु विनिमय बजारसम्बन्धी ऐन लागू भए पनि बोर्डले हालसम्म के कारणले कारोवार सञ्चालन अनुमति दिन सकेन भन्दै प्रश्न समेत गरेको अवस्था तथा एक पटक वस्तु विनिमय बजार सञ्चालन पूर्व स्वीकृतिका लागि बोर्डमा पेश भएका पाँच वटा कम्पनीहरुको निवेदन एक वर्ष पछि बोर्डबाट खारेज भई पुन पूर्व स्वीकृति प्राप्त गर्न बोर्डमा निवेदन दिई छ वटा कम्पनीहरु पूर्व स्वीकृतिको प्रकृयामा रहिरहदा वस्तु विनिमय बजार ऐन लागू भएको पाँच वर्षको अवधिसम्म पनि देशमा ऐन नियम बमोजिमको वस्तु विनिमय बजार संचालन शुरुवात गर्न बोर्डले नियमन तथा सहजीकरण गर्न सकेको देखिदैन् ।
त्यस्तै, वस्तु विनिमय बजार व्यवस्थापन तथा सञ्चालन गर्ने कम्पनी तथा वस्तु विनिमय बजार व्यवसायीहरुको व्यवस्था, वस्तु विनिमय बजार राफसाफ तथा फछ्र्यौट र वेयरहाउस लगायतका व्यवस्थाहरुको नियमनका लागि आवश्यक नियमावलीहरुको व्यवस्था गर्ने, यस बजारसम्बन्धी सर्वसाधारण लगानीकर्ताहरुको चेतनास्तर अभिबृद्धि गर्ने र वस्तु विनिमय बजारलाई स्थानीय वस्तुसंग आवद्ध गराई देशको कृषि क्षेत्रको समेत स्तरोन्नति हुने गरी यस बजारलाई देशको वित्तीय क्षेत्रको एक महत्वपूर्ण संयन्त्रकोरुपमा विकास गर्दै लैजाने नेपाल सरकारको नीति तथा कार्यक्रम निश्चित समय सीमामा सम्पन्न गर्न आवश्यक छ ।
बोर्डमा हालसम्म पुँजी बजारको सुरक्षा तथा अखण्डता कायम गर्न तथ्याङ्क तथा प्रकृया÷प्रणालीमा समस्या आउंदा आवश्यक सहजीकरण तथा समाधानका लागि आपतकालीन प्रतिकृया योजना (Emergency Response Plan) आवश्यक भएपनि सो हालसम्म हुन नसकेकाले यस्तो योजना विकास गरी कार्यान्वयनमा ल्याउन आवश्यक छ । बोर्डले सूचिकृत कम्पनीहरुका लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका लागू गरेको भएतापनि उक्त निर्देशिकाको परिपालना भएनभएको सम्बन्धमा प्रभावकारीरुपमा अनुगमन गर्ने र पालना नभएको अवस्था भएमा पालना गर्न ताकेता गर्ने कार्य नियमितरुपमा गर्न नसकिरहेकोले यसमा सुधारको आवश्यकतासगै धितोपत्र व्यवसायीका लागि सुशासन सम्बन्धी निर्देशिका बनाई लागू गर्न समेत आवश्यक छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ मा धितोपत्र व्यवसायीको कार्य तथा क्षमता अनुरुप वर्गीकरण तथा स्तर निर्धारण गर्ने व्यवस्था भएकोमा सो हालसम्म कार्यान्वयनमा नल्याइएकोले धितोपत्र व्यवसायलाई प्रतिस्पर्धी एवं विश्वसनीय बनाउन यसलाई प्राथमिकता दिई कार्यान्वयन गर्न समेत आवश्यक छ ।
४. सुधार तथा विकासका लागि गर्नुपर्ने मुख्य कार्यहरु
यस अघि चर्चा गरिएका विषय वस्तुहरु र धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा वस्तु विनिमय बजार ऐन, २०७४ को व्यवस्था समेतलाई मध्येनजर गर्दा धितोपत्र बजार तथा वस्तु विनिमय बजार नियमान र सुधार तथा विकास सम्बन्धमा आगामी दुईरतीन वर्षमा गर्नुपर्ने मुख्य कार्यहरु संक्षिप्तमा देहाय अनुसार प्रस्तुत गरिएको छः
१. लगानीकर्तालाई सुसूचित निर्णय गर्न सघाउ पुर्याउन सूचिकृत कम्पनीहरुले विगत पाँच वर्षको वित्तीय कार्य सम्पादन सम्बन्धी प्रमुख परिसूचकहरु अद्यावधिकरुपमा आफ्नो वेवसाइट मार्फत् सार्वजनिक गर्नुपर्ने र सो विवरण नेप्सेले आफ्नो वेवसाइट मार्फत् सर्वसाधारण लगानीकर्ताहरुलाई जानकारी दिनुपर्ने व्यवस्था गर्ने ।
२. बोर्डको प्रत्येक आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरी यसको कार्यान्वयन कार्य योजना तयार गरी निर्धारित समयमा सम्पन्न गर्ने गरी कार्यान्वयन कार्य अगाडि बढाउने ।
३. नेपाल सरकारको बजेट वक्तव्यमा समावेश धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी कार्यक्रमहरुको कार्यान्वयन कार्य योजना बनाई प्रभावकारीरुपमा कार्यान्वयन कार्य अगाडि बढाउने ।
४. बोर्डको चार वर्षीय रणनीतिक योजनाका सम्बन्धमा बजार सहभागीहरुसंग छलफल तथा अन्र्तकृया गरी यसमा समावेश कार्यक्रमहरुको कार्यान्वयन कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउने ।
५. बजारमा हुने गलत गतिविधिहरुलाई निरुत्साहित गरी कानुन परिपालनामा सुधार ल्याउन आवश्यक सुपरिवेक्षण र कानुन प्रवलीकरण म्यानुअल विकास गरी कार्यान्वयनमा ल्याउने ।
६. वस्तु विनिमय बजार सम्बन्धी नियमावलीमा संशोधन, वेयरहाउस सम्बन्धी नियमावली, दलाल तथा व्यापारी नियमावली र कारोवार राफसाफ तथा फछ्र्यौट नियमावली तर्जुमा गरी नेपाल सरकारको स्वीकृतिमा लागू गर्ने ।
७. सम्पत्ति शुद्धीकरण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा सूचक संस्थाहरुमार्फत हुने आधार मूल्यको कारोवार तथा शंकास्पद कारोवार र सोको रिपोर्टिङ्गको सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउने ।
८. भेञ्चर क्यापिटल तथा प्राइभेट इक्विटी सञ्चालनका लागि हाल बोर्डको पूर्वस्वीकृति तथा अनुमतिका क्रममा रहेका कोष व्यवस्थापकहरुलाई अनुमति प्रदान गरी यसमार्फत् हुने पुँजी परिचालन कार्यलाई व्यवस्थित गर्ने ।
९. बोर्डको रिक्त दरबन्दीहरुमा आन्तरिक बढुवाद्वारा पदपूर्ति गर्ने कार्य अगाडि बढाएको लामो समयावधि भैसकेकाले यसलाई एक निश्चित समयसीमामा सम्पन्न गरी योग्यता तथा क्षमता अनुसारको कार्य जिम्मेवारी दिई बोर्डमा उपयुक्त कार्य वातावरण विकास गर्दै बोर्ड संचालनलाई प्रभावकारी बनाउने ।
१०. बोर्डको आफ्नै कार्यालय भवन निर्माण गर्न आवश्यक जग्गाको व्यवस्था गरी आधुनिक सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरी बोर्डको कार्य वातावरणमा सुधार ल्याउने ।
११. बोर्ड, नेप्से, सिडिएससी तथा धितोपत्र व्यवसायी मार्फत् लगानीकर्ताहरुको गुनासो समाधानको सुदृढ व्यवस्था गर्ने/गराउने ।
१२. बोर्डमा सर्वसाधारण लगानीकर्ताहरुका लागि नियमितरुपमा प्रत्येक शुक्रबार लगानीकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालनको शुरुवात गर्ने ।
१३. बोर्ड, स्टक एक्सचेञ्ज, केन्द्रीय निक्षेप सेवा कम्पनी, मर्चेण्ट बैंकर एशोसिएसन, स्टक ब्रोकर एशोसिएसन, लगानीकर्ता संघ तथा स्थानीय उद्योग बाणिज्य संघसंगको सहकार्यमा देशव्यापीरुपमा प्रति महिना कम्तिमा दुईवटा लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम सञ्चालन गर्ने ।
१४. धितोपत्र दलाल व्यवसायीले बजार सञ्चालन प्रणाली (TMS) विकास तथा खरिद गर्न सक्ने व्यवस्थाका लागि आवश्यक सहजीकरण गर्नुका साथै नेप्सेको विद्युतीय कारोवार प्रणालीमा सुधार ल्याउन नेप्सेलाई निर्देशित गर्ने ।
१५. धितोपत्रको मागमा बृद्धि ल्याउन सम्झौतित बचत परिचालन गर्ने संस्थाहरुलाई धितोपत्रको दोस्रो बजार लगानीमा संलग्न हुन आवश्यक समन्वय तथा सहजीकरण गर्ने ।
१६. बजारमा सूचना प्रविधिको प्रयोगमा एकरुपता ल्याउन तथा सुरक्षित बनाउन धितोपत्र बजार सहभागीहरुका लागि सूचना प्रविधि निर्देशिका तर्जुमा गरी कार्यान्वयनमा ल्याउने ।
१७. जलविद्युत क्षेत्रको सेयरको आयोजनाको अनुमतिपत्रको समयावधि पश्चात्को स्वामित्व सम्बन्धमा रहेको अस्पष्टता हटाउने र संस्थापक तथा प्रबद्र्धकहरुको सेयर बिक्री कार्यलाई थप व्यवस्थित गर्ने ।
१८. धितोपत्र तथा वस्तु विनिमय बोर्ड ऐन तथा धितोपत्र कारोवार सम्बन्धी ऐन गरी दुई छुट्टाछुट्टै नयां ऐनहरुको तर्जुमा गरी विधायन प्रकृयाको लागि नेपाल सरकार अर्थ मन्त्रालयमा पेश गर्ने ।
१९. धितोपत्रको दोस्रो बजार मूल्यमा स्थायित्व ल्याउन साना तथा मझौला कम्पनीहरुको लागि छुट्टै कारोबार हुने गरी SMEs Platform को व्यवस्था गर्न नेप्सेलाई निर्देशित गर्नुका साथै आवश्यक सहजीकरण गर्ने ।
२०. भित्री सूचनाको आधारमा हुने कारोवार निषेध नियमावलीको मस्यौदा कार्य शीघ्र सम्पन्न गरी यसमा नेपाल सरकारको स्वीकृति प्राप्त गरी कार्यान्वयनमा ल्याई भित्री सूचनाका आधारमा हुने कारोवारलाई निरुत्साहित गर्ने ।
२१. सुदृढ पुँजी आधार तथा थप कार्य क्षेत्र हुने गरी बाणिज्य बैंकका सहायक कम्पनी तथा विशेष ऐन अन्तर्गत स्थापित संस्थाको सहायक कम्पनी लगायत थप ५० पब्लिक लिमिटेड कम्पनीलाई धितोपत्र दलाल व्यवसाय सेवा सञ्चालन अनुमति दिई दलाल व्यवसायी सेवालाई देशव्यापी एवं प्रतिस्पर्धी बनाई धितोपत्रको दोस्रो बजारको पहुंच देशव्यापी बनाउने ।
२२. बोर्डको लेखा, खरिद, आयोजना व्यवस्थापन, जोखिम व्यवस्थापन तथा अभिलेख व्यवस्थापन कार्य स्तरीय रुपमा सम्पादन गर्नका लागि भ्लEnterprise Resource Planning-ERP tyf FACT ERP.NG खरिद गरी प्रयोगमा ल्याउने ।
२३. बोर्डको कार्य सम्पादनमा सुधार ल्याउन बोर्डका विभाग तथा महाशाखाहरुको कार्य सम्पादनको त्रैमासिकरुपमा समिक्षा गर्ने र सोही आधारमा कर्मचारीलाई बृत्ति विकास तथा अन्य अवसरहरु उपलब्ध गराउने अभ्यासको शुरुवात गरी यसलाई निरन्तरता दिने ।
२४. नेपाल धितोपत्र बोर्ड सदस्यको आचार संहिता तथा कर्मचारीहरुको आचार संहिता र बोर्डको कर्मचारी सेवा शर्त नियमावलीका व्यवस्थाहरु प्रभावकारीरुपमा कार्यान्वयन गरी बोर्डको आन्तरिक सुशासनमा सुधार ल्याउने ।
२५. धितोपत्रको दोस्रो बजार कारोवारको राफसाफ तथा फछ्र्यौट प्रणालीलाई गतिशील एवं विश्वसनीय बनाउन कम्तिमा रु.१ अर्ब बरावरको सञ्चालन योग्य राफसाफ सुनिश्चितता कोष (SGF) स्थापनाको लागि बोर्डबाट यसअघिनै अध्ययन भई नेप्सेलाई निर्देशन दिईसकेकाले नेप्सेलाई उक्त निर्देशन कार्यान्वयन गर्न ताकेता गरी निश्चित समयसीमामा कार्यान्वयनमा ल्याउन लगाउने ।
२६. निजी क्षेत्रमा थप एक स्टक एक्सचेञ्ज सञ्चालन अनुमति दिई धितोपत्रको दोस्रो बजार अन्तर्राष्ट्रिय स्तर अनुरुप हुनेगरी चुस्त दुरुस्त एवं प्रतिस्पर्धी बनाउने ।
२७. सूचिकृत कम्पनी तथा धितोपत्र व्यवसायीहरुको वित्तीय विवरण प्रवाहमा एकरुपता ल्याउन तथा धितोपत्र बजारमा हुने वित्तीय विवरण प्रवाहलाई विश्वसनीय बनाउन उक्त संस्थाहरुलाई Nepal Financial Reporting Standards (NFRS) पूर्णरुपमा कार्यान्वयन गर्न लगाउने ।
२८. देशमा कृषी क्षेत्रको समेत प्रबद्र्धन गर्नेगरी वस्तु विनिमय बजार संचालन गराउन वस्तु विनिमय बजार सञ्चालन अनुमति दिने प्रकृया अगाडि बढाई निश्चित समय सीमामा सम्पन्न गर्ने ।
२९. संस्था दर्ता ऐन, २०३४ बमोजिम धितोपत्र बजार, वस्तु विनिमय बजार तथा वित्तीय शिक्षा सम्बन्धी धितोपत्र तथा फ्यूचर्स बजार प्रशिक्षण प्रतिष्ठान स्थापना गरी देशमा धितोपत्र बजार, वस्तु विनिमय बजार तथा वित्तीय शिक्षा सम्बन्धी अध्ययन अनुसन्धान, व्यावसायिकता अभिबृद्धि तथा लगानीकर्ता शिक्षा सम्बन्धी एक सुदृढ संस्थागत व्यवस्था गर्ने ।
३०. नेप्से तथा सिडिएससीको स्वामित्व सम्बन्धी संरचनात्मक कमीकमजोरीमा सुधार ल्याउन आवश्यक समन्वय एवं सहजीकरण गर्ने ।
३१. धितोपत्र बजार सम्बन्धी विद्यमान नियमावलीहरुमा भएका व्यवस्थाहरुमा बजार तथा वित्तीय प्रणालीको बढ्दो जोखिम तथा वातावरणीय परिवर्तनमा प्रभाव पार्ने गतिविधिहरुको समेत सूचना प्रवाह गर्नुपर्ने गरी समसामयिक संशोधनमा नेपाल सरकारको स्वीकृति प्राप्त गरी उक्त व्यवस्थाहरु लागू गरी सोको कार्यान्वयनको अनुगमन गर्ने ।
३२. नेप्से तथा सिडिएससी मार्फत् संस्थागत तथा सरकारी ऋणपत्रको दोस्रो बजार कारोवार स्वचालितरुपमा हुने र सो कारोवारको राफसाफ तथा फछ्र्र्यौट टि+० मा हुने व्यवस्थाहरु गराई एकीकृत स्वचालित ऋणपत्र बजार विकास गर्ने ।
३३. वाह्य विज्ञमार्फत् Equity index, Trading of rights, Exchange traded funds-ETF, Municipal bond, Securities lending and borrowing, Intraday trading, Auction market लगायतका विषय वस्तुहरुमा अनुसन्धानमूलक अध्ययन गराई धितोपत्र बजार औजारहरुको विविधिकरण तथा धितोपत्र व्यवसायीको कार्य क्षेत्र विस्तार गर्ने ।
३४. धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी केन्द्रीय तथ्याङ्क र्बैक स्थापना गरी धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी तथ्याङ्कहरुको नियमित व्यवस्थापन कार्य गर्ने ।
३५. विवरण प्रवाहमा सुधार ल्याउन सूचीकृत कम्पनी तथा धितोपत्र व्यवसायी सम्बन्धी जानकारी तथा सूचना प्रवाहको उपयुक्त प्रारुपहरु (Reporting formats) विकास गरी लागू गर्ने ।
३६. सेयरको निष्काशनमा स्वतन्त्र मूल्य निर्धारण (बुक विल्डिङ्ग) विधि प्रभावकारीरुपमा लागू गर्दै यस सम्बन्धमा बास्तविक क्षेत्रका संगठित संस्थाहरुलाई अभिमुखीकरण गर्दै धितोपत्र बजारमार्फत् पुँजी परिचालनका लागि आकर्षित गरी धितोपत्र बजारको सन्तुलित विकास तथा विस्तार गर्ने ।
३७. बोर्डमा एकीकृत स्तरीय कार्य सञ्चालन कार्यविधि (Consolidated Standard Operating Procedure-SOP) विकास गरी लागू गर्ने ।
३८. बोर्डको खरिद प्रकृया र भौतिक सामाग्रीहरुको लेखा तथा व्यवस्थापन कार्यलाई व्यवस्थित गरी आन्तरिक सुशासनमा सुधार ल्याउने ।
बोर्डको बजार सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउने जोखिममा आधारित सुपरिवेक्षण प्रणाली विकास गरी लागू गर्ने ।
३९. बोर्डको सेवालाई प्रतिस्पर्धी बनाउन बोर्डको कर्मचारी सेवा शर्त नियमावली, २०६८ मा समसामयिक संशोधन गरी नेपाल सरकारको स्वीकृति प्राप्त गरी लागू गर्ने ।
४०. धितोपत्रको प्राथमिक बजार, धितोपत्र कारोवार तथा व्यवसायी शुल्क सम्बन्धमा अध्ययन तथा पुनरावलोकन गरी बजारको सेवा प्रतिस्पर्धी बनाई लगानीकर्ताहरुको मनोवल बढाउने ।
४१. कमोडिटी डेरिभेटिभ्स् (प्यूचर्स) बजारसम्बन्धी सेवा दिने व्यवसायीहरु तथा वेयरहाउस सञ्चालन गर्ने संगठित संस्थाहरुलाई अनुमतिपत्र दिई वस्तु विनिमय बजार कारोवारको सुदृढ व्यवस्था गर्ने ।
४२. प्रर्याप्त पुँजी, जनशक्ति, सूचना प्रविधि र तथ्याङ्क व्यवस्थापनको सुनिश्चिता गरी धितोपत्र दलाल व्यवसायीहरुले सहजरुपमा मार्जिन कारोवार सेवा दिनसक्ने व्यवस्था गर्ने ।
४३. धितोपत्रको दोस्रो बजारको अनलाईन कारोवार प्रणालीको वास्तविक समय सुपरिवेक्षण गर्ने कार्यलाई सुदृढ एवं प्रभावकारी बनाउन बोर्डमा एकीकृत स्वचालित बजार सुपरिवेक्षण प्रणाली खरिद तथा जडान गरी कार्यान्वयनमा ल्याउने ।
४४. बोर्डमा सूचिकृत कम्पनीहरु तथा धितोपत्र व्यवसायीहरुले पेश गर्ने वित्तीय विवरणहरुको पुनरावलोकनका लागि उपयुक्त संगठत तथा जनशक्तिको व्यवस्था गरी वित्तीय विवरणहरुको पुनरावलोकन गर्ने ।
४५. विद्युतीय संचार माध्यमबाट बजार सम्बन्धमा प्रवाहित हुने समाचार तथा जानकारीलाई व्यवस्थित गर्ने सम्बन्धमा अध्ययन कार्य गरी सोका आधारमा सम्बन्धित निकायसंग समेत समन्वय गरी आवश्यक व्यवस्था गर्ने ।
४६. धितोपत्र सम्बन्धी ऐन, २०६३ मा व्यवस्था भई हालसम्म स्थापना हुन नसकेको लगानीकर्ता क्षतिपूर्ति कोष स्थापना गर्न नेपाल स्टक एक्सचेञ्ज लि.लाई निर्देशित तथा सहजीकरण गर्ने ।
४७. धितोपत्रको स्तरीय स्वचालित ओटिसी कारोवार प्रणालीको स्थापना तथा विकास गर्ने ।
४९. KYC Registrant Agency-KRA स्थापना गर्न अनुमति दिई KYC व्यवस्थापन कार्यलाई सहज एवं व्यवस्थित बनाउने ।
५०. धितोपत्र बजारमा भएका कर सम्बन्धी व्यवस्थालाई विवेकपूर्ण बनाउन तथा नियमन निकाय बोर्डलाई कर नलाग्ने व्यवस्था गर्न नेपाल सरकारलाई राय÷सुझाव दिने ।
५१. सूचीकृत कम्पनी सम्बन्धी सुशासन सम्बन्धी निर्देशिकामा संशोधन गर्नुका साथै धितोपत्र व्यवसायीहरुका लागि संस्थागत सुशासन निर्देशिका तर्जुमा गरी कार्यान्वयनमा ल्याउने ।
५२. बोर्ड, नेप्से र सिडिएससीको जोखिम व्यवस्थापन तथा डिजास्टर रिकभरी प्रणाली (DRS) को सुदृढ व्यवस्था गर्ने ।
५३. नेप्से र सिडिएससीको प्रणाली सुपरिवेक्षण (System Audit) को सुदृढ व्यवस्था गरी धितोपत्र कारोवार तथा राफसाफ गतिविधिलाई दक्ष एवं विश्वसनीय बनाउने ।
५४. धितोपत्र बजार तथा वस्तु विनिमय बजारको दक्षता अभिबृद्धि गर्न एवं बजार नियमन सम्बन्धी जानकारी एवं विज्ञता आदान प्रदान गर्न छिमेकी देशको धितोपत्र बजार तथा वस्तु विनिमय बजार नियमन निकाय वा विश्वका अन्य धितोपत्र बजार तथा वस्तु विनिमय बजार नियमन निकायहरु वा वित्तीय क्षेत्रका जनशक्तिको व्यावसायिकता विकास सम्बन्धी प्रतिष्ठित संस्था मध्ये कम्तीमा दुई नियमन निकाय वा व्यावसायिकता विकास सम्बन्धी संस्थासंग समझदारी (MoU) गर्ने ।
५५. बोर्डका कर्मचारीहरुको मनोवल उच्च बनाउन तथा योग्य एवं दक्ष कर्मचारीहरुको सेवामा निरन्तरता ल्याउन कर्मचारी वृत्ति विकास योजना तथा उत्तराधिकारी योजना र कर्मचारी सवारी सुविधा योजना (OYVS) तर्जुमा गरी लागू गर्ने ।
५६ आपसी हितहरुको वीचको द्वन्दका कारण बजार नियमन तथा सुपरिवेक्षण र बजार सञ्चालन कार्यमा हुने कमीकमजोरीहरुमा सुधार ल्याउन बोर्ड, नेप्से तथा सिडिएससीमा कार्यरत पदाधिकारी एवं कर्मचारीहरुले धितोपत्रमा गर्ने लगानीलाई आचार संहिता अनुरुप हुने गरी व्यवस्थित एवं पारदर्शी बनाउने ।
५७. नेपाल राष्ट्र बैंक तथा सरकारी अन्य संस्थाहरुसंगको आवश्यक समन्वयमा गैर आवासीय नेपालीलाई धितोपत्र बजारमा लगानी गर्ने तथा लगानीको प्रतिफल फीर्ता लैजान सक्ने व्यवस्थाका लागि आवश्यक कानुनी तथा नियमन व्यवस्था गर्ने ।
५८. धितोपत्र दलाल व्यवसायीको आधिकारिक प्रतिनिधि (Authorised Representative) को व्यवस्था मार्फत् धितोपत्रको दोस्रो बजारको पहुंच सर्वसुलभ एवं व्यापक बनाउने ।
६१. धितोपत्र सम्बन्धी ऐनको व्यवस्था अनुसार धितोपत्र व्यवसायीको कार्य सम्पादन तथा क्षमता अनुरुप वर्गीकरण तथा स्तर निर्धारण गर्ने ।
६२. बोर्डले IOSCO को पूर्ण सदस्यता प्राप्त गरी उक्त निकायको सिद्धान्त तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरुको अनुसरण गरी धितोपत्र बजार तथा वस्तु विनिमय बजारको नियमन तथा संचालनको सुदृढ व्यवस्था गर्ने ।
५. सुधार तथा विकासबाट धितोपत्र बजार तथा अर्थतन्त्रमा पर्ने प्रभाव
माथि उल्लेख गरिएअनुसारको सुधार तथा विकासका कार्यहरु आगामी दुई/तीन आर्थिक वर्षमा निश्चित समयसीमा निर्धारण गरी सम्पन्न गरिएमा देशको धितोपत्र बजार, वस्तु विनिमय बजार तथा अर्थतन्त्रमा पर्ने प्रभावलाई संक्षेपमा देहाय अनुसार प्रस्तुत गरिएको छ ।
१. धितोपत्र बजार मार्फत् वार्षिकरुपमा कम्तिमा रु.१ खर्ब बराबरको पुँजी परिचालन हुने, औषत दैनिक कारोवार कम्तिमा रु.१५ अर्ब पुग्ने र धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुको संख्या देशको कुल जनसंख्याको कम्तिमा २५ प्रतिशत पुग्ने ।
२. धितोपत्र बजार मूल्य तथा बजार परिसूचकको गीरावटमा रोकावट आई विस्तारै बृद्धि उन्मुख हुने र यसले तुलनात्मकरुपमा स्थिरता प्राप्त गर्ने ।
३. धितोपत्र बजार, वस्तु विनिमय बजार तथा वित्तीय शिक्षा सम्बन्धी प्रशिक्षण संस्था स्थापना भई धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा अध्ययन, अनुसन्धान तथा व्यवसायिकता अभिबृद्धि कार्य सहज हुने ।
४. देशमा ऐन नियम बमोजिम नियमन निकायबाट अनुमति पत्र प्राप्त कमोडिटी डेरिभेटिभ्स् वजार संचालन भई समग्र आर्थिक गतिविधिको प्रभावकारितामा बृद्धि आउने ।
५. धितोपत्र बजार नियमन तथा सुपरिवेक्षण प्रभावकारी हुने, धितोपत्र बजार सहभागीहरुको नियम परिपालना अभ्यासमा सुधार आउने, बजार सम्बन्धी गुनाशाहरु सम्बन्धित पक्षहरुबाट यथा समयमै संबोधन हुने र बजार गतिविधिहरु पारदर्शी एवं प्रतिस्पर्धी हुने जस्ता सुधार कार्यहरु भई बजारमा लगानीकर्ताको मनोवल बढ्ने ।
६. बाणिज्य बैंक तथा विशेष ऐन अन्तर्गत स्थापित संस्थाहरुको सहायक कम्पनीहरु र अन्य पब्लिक लिमिटेड कम्पनीहरु मार्फत् धितोपत्र दलाल व्यवसाय सेवा प्रदान कार्य शुभारंभ भई धितोपत्र दलाल व्यवसायी सेवा प्रतिस्पर्धी एवं सर्वसुलभ हुनुका साथै धितोपत्र बजारको पहुंच देशव्यापी हुने ।
७. धितोपत्र बजार परिसूचकमा आकस्मिक उतार तथा चढाव हुने प्रवृित्तमा कमी आई बजारले स्थिरता प्राप्त गर्ने ।
८. देशमा लगानीकर्ताहरुको लगानीको विकल्पको रुपमा नियमन तथा सुपरिवेक्षण भई विश्वसनीयरुपमा संचालन भएको कमोडिटी डेरिभेटिभ्स् वजारको विकास विस्तार भएको हुने ।
९. नेपाल सरकारको पन्धौं योजनामा समावेश भएका तथा दोस्रो वित्तीय क्षेत्र विकास रणनीति Financial Sector Development Strategy-FSDS) मा समावेश भएका धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी अधिकांश नीति तथा कार्यक्रमहरु कार्यान्वयन हुने ।
१०. हाल बैंक तथा वित्तीय क्षेत्रको मात्र बाहुल्यता रही असन्तुलितरुपमा विकास विस्तार भईरहेको देशको धितोपत्र बजारमा जल विद्युत क्षेत्र बाहेक अन्य वास्तविक क्षेत्र (Real sector) का कम्पनीहरु हालसम्म कुल ३० भन्दा कम रहेकोमा यसमा वास्तविक क्षेत्रका थप कुल ४० कम्पनीहरु सूचिकृत भई धितोपत्र बजारमा वास्तविक क्षेत्रको महत्वपूर्ण उपस्थितिबाट धितोपत्र बजारको सन्तुलित विकास विस्तार भई धितोपत्र बजारले अर्थतन्त्रको ऐनाको रुपमा काम गर्ने ।
११. नेपाल धितोपत्र बोर्ड देशको वित्तीय बजारको अन्य नियमन निकाय नेपाल राष्ट्र बैंक जस्तै सुदृढ एवं सक्षम तथा विश्वसनीय नियमन निकायको रुपमा विकसित हुन उपयुक्त वातावरण तयार हुने ।
१२. देशमा उद्यमशीलता तथा विशेष ज्ञान प्रोत्साहित हुने गरी Venture capital तथा Private equity जस्ता पुँजी परिचालनका बैकल्पिक साधानहरुको नियमन तथा सुपरिवेक्षण भई सुव्यस्थितरुपमा संचालन हुने ।
१३. नेपालको धितोपत्र बजार तथा वस्तु विनिमय बजार पँुजी परिचालनको महत्वपूर्ण संयन्त्रको रुपमा विकसित भई यसले देशको वित्तीय नीति तथा मौद्रीक नीति कार्यान्वयनमा सहयोग पु¥याउने ।
१३. धितोपत्र बजार सम्बन्धी विवेकपूर्ण कर व्यवस्था तथा न्यून कारोवार लागत र धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा लगानीकर्ताहरुको आकर्षण तथा विश्वसनीयता अभिबृद्धि भई देशमा लगानीको वातावरणमा सुधार आउनमा सहयोग पुग्ने ।
१४. हाल ठूलो परिमाणमा उपभोगमा खर्च भइरहेको विदेशी रोजगारीबाट देशमा भित्रीएको विप्रेषण (Remittance) आय धितोपत्र बजार तथा वस्तु विनिमय बजारमार्फत् उत्पादनशील क्षेत्रमा परिचालन भई देशमा आवश्यक पुँजी उपलब्धतामा र बजार तथा बैंकिङ्ग तरलता सुधारमा सहयोग पुग्ने ।
१६. धितोपत्र बजार तथा वस्तु विनिमय बजारबाट नेपाल सरकारलाई अग्रीम कर, पुँजीगत लाभकर तथा आयकर मार्फत् प्रत्येक वर्ष कम्तिमा रु.५० अर्ब राजस्व योगदान हुने । -नेपाल धितोपत्र बोर्डको ३० औं बार्षिकोत्सव २०७९ लेख बिशेषाङकबाट साभार
प्रतिक्रिया दिनुहोस्