Skip to content
Shikhar Insurance
National Life

प्रभु बैंकका ग्राहकले फोकसवान पेमेण्ट सोलुसन्सको मोको वालेटमा भुक्तानी सेवा पाउने

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंक र फोकसवान पेमेण्ट सोलुसन्सकाबीच प्रभु बैंकका ग्राहकहरुलाई मोको डिजिटल वालेट मार्पmत् विद्युतीय भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा प्रभु बैंककी प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र फोकसवान पेमेण्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता बमोजिम भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने प्रभु बैंक लि. का ग्राहकहरुले फोकसवान पेमेन्ट सोलुसन्सद्वारा प्रवद्र्धित मोको डिजिटल वालेटमा नेपाल ईलेक्टोनिक पेमेन्ट सिस्टम (नेप्स) को सहकार्यमा आफ्नो भिषा डेबिट तथा क्रेडिट कार्ड लिङ्क गरी उक्त भिषा डेबिट तथा क्रेडिट कार्डबाट युटिलिटी विल तिर्न, वस्तु तथा सेवा खरिद बापतको  बिल भुक्तानी गर्न, हवाई टिकट खरिद गर्न तथा मोवाईल टपअप लगायतका विद्यूतीय भुक्तानी सम्बन्धी सेवाहरु सजिलै उपभोग गर्न सक्ने भएका छन् । साथै, कार्डमा आधारित स्क्यान टु पे को माध्यम बाट पनि भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्