काठमाडौं । शहरी विकास मन्त्री राम कुमारी झाक्री र पर्यटन मन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन् । उनीहरुले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका हुन् ।
शहरी विकास मन्त्री राम कुमारी झाँक्री भने पत्रकार सम्मोलन धुरुधुरु रोएकी थिइन् । झाक्रीले आफ्नो कार्यकालका उपलब्धि सुनाउँदै गर्दा उनका आँखा भरि आँशु देखिन्थे । उता, पर्यटन मन्त्री प्रेम आले भने राजीनामा गर्दा आफ्नै प्रसंशा गरिरहेका थिए ।
आलेले आफु मन्त्रीको जिम्मेवारीमा रहँदा ९० अंक ल्याउन सफल भएको बताउन भ्याए ।
आले र झाँक्रीले ८ महिना २० दिन मन्त्रालय सम्हालेका थिए । झाँक्रीले अपेक्षा अनुसार काम गर्न नसकेको आरोप छ भने आले भाइरल मन्त्रीका रुपमा परिचित थिए ।
प्रतिक्रिया दिनुहोस्