काठमाडौं । नेपाल धितोपत्र बोर्ड र पुँजी बजार संघर्ष समितिबीच दुई वटा सहमति भएको छ । लगानीकर्ता तिलक कोइरालाको अनसनपछि गठन भएको समस्या कार्यान्वयन समितिको पहिलो बैठकले सेयर खरिद तथा बिक्रिमा एओन सम्बन्धी व्यवस्था हटाउने निर्णय भएको हो ।
हाल सेयर बिक्रिमा एओन(अल और नट)को व्यवस्था रहेको छ । यो व्यवस्थाका कारण पनि सेयर बजार निरन्तर घटिरहेको बताइन्छ ।
त्यस्तै, उपत्यका बाहिर शाखा कार्यालय खोल्न पूर्वाधार तयार गरेर बसेका ब्रोकरहरुलाई तत्कालै शाखा खोल्न अनुमति दिने निर्णय भएको कार्यान्वयन समितिका सदस्य एसपी चौँलागाईले सिंहदबारलाई जानकारी दिए ।
त्यस्तै, आगामी साताबाट लगानीकर्ताले अघि सारेका १९ बुँदे मागलाई कार्यतालिका बनाएरै कार्यान्वयन गर्दै अघि बढ्ने समझदारी पनि बनेको छ । पुँजी बजार सम्वद्ध विषयहरुमा नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डबीच निरन्तर समन्वय गर्दै जाने वातावरण बनाउनेबारे पनि समझदारी बनेको चौँलागाईँले सिंहदरबारलाई जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्