काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सत्ता गठबन्धनको बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेपछि नेपाल आयल निगम संचालक समितिले पेट्रोल मा प्रती लिटर २० रुपैयाँ र डिजेल/ मट्टीतेलमा २९ रुपैयाँले घटाएको हाे । अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल-मट्टितेलको १६३ तय हुनेछ। घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्