काठमाडौं । सत्ता गठबन्धनको बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको छ । शनिबार बसेको गठबन्धनको बैठकले इन्धनको मूल्य घटाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । गठबन्धनको निर्णयलाई आजै मन्त्री परिषद बैठक बसेर कार्यान्वयन गरिनेछ । कर कटौती गरेर मूल्य घटाइने छ । इन्धनको मूल्यका कारण नागरिकको दैनिकी कष्टकर भएको र चुलो समेत निभ्ने अवस्था आएको भन्दै गठबन्धन बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्