धरान । सुनसरीको धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार रुपैयाँ बजेट, नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ ।
धरानको ११औँ नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले बजेट प्रस्तुत गरेका हुन् । कूल बजेटमध्ये चालुतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४४२ रुपैयाँ र पूँजीगतर्फ ८१ करोड ९५ लाख ५० हजार ५५८ रुपैयाँ र वित्तीय व्यवस्थातर्फ तीन करोड २५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको उनले बताए ।
आन्तरिक राजस्वबाट २५ करोड रुपैयाँ, संस्थागत आन्तरिक अनुदान ५ करोड २० लाख रुपैयाँ, सङ्घीय सरकारबाट ८३ करोड चार लाख रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड ५० लाख ७० हजार रुपैयाँ, सङ्घीय राजस्व बाँडफाँटबाट २० करोड ५३ लाख ४५ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट २० करोड रुपैयाँ र अपुग हुने ११ करोड ३० लाख आठ हजार रुपैयाँ नगद मौज्दात परिवर्तनबाट स्रोत व्यवस्थापन गरिने उपप्रमुख बेघाले बताए ।
धरान उपमहानगरले खानेपानी, पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद् व्यवस्थापनलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गरेको उपप्रमुख बेघाले जानकारी दिए ।
धरानका २० वटै वडाहरूमा प्रशासनिकतर्फ २ करोड ५० लाख रुपैयाँ र कार्यक्रम तथा पूँजीगततर्फ २९ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ । सहरी योजना तथा भौतिक पूर्वाधार विकासका लागि २९ करोड १० लाख रुपैयाँ र शिक्षा युवा तथा खेलकुदतर्फ ४० करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
स्वास्थ्यतर्फ ४ करोड दुई लाख रुपैयाँ, सामाजिक विकासतर्फ ५ करोड ८२ लाख २३ हजाररुपैयाँ, आर्थिक विकासतर्फ २ करोड ७२ लाख रुपैयाँ तथा वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ १ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बेघाले बताए ।
प्रतिक्रिया दिनुहोस्