काठमाडौं । सरकारले कात्तिक ३० गते आम निर्वाचन गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले कात्तिक ३० गते संघ र प्रदेशको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको र सोही अनुसार सरकारले समेत निर्णय गर्न सक्ने सम्भावना बढेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले कात्तिक ३० गते संघ र प्रदेशको निर्वाचन गर्ने प्रस्ताव निर्वाचन आयोगले गरेको बताएका हुन् ।
निर्वाचन आयोगले अनौपचारिक प्रस्ताव सरकारलाई पठाएको र त्यसबारे छलफल भैरहेको पनि उनले जानकारी दिए ।
‘निर्वाचन आयोगले आमनिर्वाचनका लागि मिति नै तोकेर अनौपचारिक प्रस्ताव पठाइसकेको अवस्था छ । अब छिट्टै सरकारले चुनावको मिति तोक्नेछ ।’, काठमाडौं महानगरपालिकाको नगरसभामा मन्त्री श्रेष्ठले भने ।
एकैचरणमा भए कात्तिक ३० गते र दुई चरणमा भए कात्तिक २८ र मंसिर ३ गते आम निर्वाचन गर्ने मिति प्रस्ताव गरेको जानकारी पनि मन्त्री श्रेष्ठले दिए ।
प्रतिक्रिया दिनुहोस्