Shikhar Insurance
National Life

बैंकिङ इन्डष्ट्रिकै सबैभन्दा बढी ब्याज पाइने ‘एस.बि.एल. डिबेन्चर २०८९’ ऋणपत्रमा आजदेखि आवेदन खुला

सिंहदरबार संवाददाता
२०७९ असार १०, शुक्रबार १५:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ बैंकले २०७९ असार १० गते देखि ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले ४० लाख कित्ता १०.७५% एस.बि.एल. डिबेन्चर २०८९ बिक्री खुला गरेको हो जस्मा लगानीकर्ताले वार्षिक १०.७५% ब्याजदर पाउन सक्नेछन् । यस ऋणपत्रको अवधि १० वर्ष रहने छ ।

आकर्षक र सुनिश्चित प्रतिफल प्रदान गर्ने उत्कृष्ट दीर्घकालीन लगानीको अवसरका साथ सर्वसाधारण र विभिन्न संघसंस्थाका लागि जारी गरिएको उक्त ऋणपत्रमा लगानीकर्ताले बैंकिङ्ग उद्योग मध्येकै उच्चतम ब्याजदर प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले ४० लाख कित्ता ऋणपत्र मध्ये ४० प्रतिशत अर्थात १६ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई र ६० प्रतिशत अर्थात २४ लाख कित्ता विभिन्न संघसंस्थालाई बिक्री गर्ने छ । सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले यस ऋणपत्रका लागि नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि(आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ र यस ऋणपत्रलाई इक्रा नेपालले मध्यम मात्रामा सुरक्षा तथा प्रतिकुल प्रभाव सहित सुक्ष्म निगरानी जनाउने ट्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । ऋणपत्र निष्कासन बन्द हुने मिति छिटोमा २०७९ असार १४ गते र ढिलोमा असार २४ गते रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्