Skip to content
Shikhar Insurance
National Life

हालसम्मैको सबैभन्दा ठुलो बैंकिङ ठगी, १७ बैंकबाट साढे ५ खर्ब रुपैयाँ घोटला

Hyundai
NCELL
NIMB

काठमाडौं । भारतको दिवान हाउसिङ फाइनान्सका संस्थापकहरुले ३४ हजार ६ सय १५ करोड भारु अर्थात् ५ खर्ब ५३ अर्ब ८४ करोड रुपैयाँ विभिन्न १७ वटा बैंकबाट घोटला गरेका छन् ।

भारतिय सेन्ट्रल ब्यूरो इन्भेष्टिगेसन (सीबीआइ)ले फाइनान्सका संस्थापकहरु कपिल वाधवान र धिरज वाधवानले उक्त रकम घोटला गरेको भन्दै बैंकिङ कसुरको मुद्धा लगाएको हो ।

सीबीआईले उक्त बैंकिङ फ्रडलाई भारतमा भएका बैंकिङ फ्रडमध्ये हालसम्मकै सबैभन्दा ठुलो भएको उल्लेख गरेको छ ।

फन्डको डाइभसैन, राउण्ड ट्रिपिङ तथा फन्डको हिनामिनाको आरोप लगाउँदै भारतका विभिन्न मिडियाले समचार प्रकाशित गरेपछि सीबीआइले अनुसन्धान शुरु गरेको थियो । जसमा सीबीआईले भारतको १२ स्थानमा छापा मारेको थियो ।

जसमा उनीहरुले यूनियन बैंक अफ इन्डियाको अगुवाइमा सन् २०१० देखि हालसम्म विभिन्न १७ वटा बैंकबाट कर्जा लिएर धोखाधडी गरेको सीबीआइको तथ्य सीबीआइले प्राप्त गरेको छ । सो कर्जालाई विभिन्न समयमा खराब कर्जा समेत घोषणा गरिएको छ ।

सीबीआईले कर्जा दिने बैंकहरुसँग पनि अनुसन्धान गरिरहेको उल्लेख छ ।

उक्त बैंकिङ फ्रडमा सीबीआइले डीएचएफएल, कपिल वधावन, धिरज वधावान, स्काईलार्क विल्डकान प्रालि, दर्शन डेभलपर्स प्रालि, सिंगटिया कन्स्ट्रक्सन विल्डर्स प्रालि, टाउनसिप डेभलपर्स प्रालि, शिशिर रियालिट प्रालि, सनब्लिक रियल स्टेट प्रालि, सुधाखर सेट्टीललगायत व्यक्तिलाई आरोपी बनाएको छ । भने, सन् २०१८ अक्टोबर यता धिरज र कपिल वाधावनलाई देश बाहिर जान रोक्का गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्