Shikhar Insurance
National Life

कोइरालाले अनसन तोडेको दिन नेप्से बढेर १८६२ अंकमा, कारोबार रकममा उत्साह

सिंहदरबार संवाददाता
२०७९ असार १०, शुक्रबार १३:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । लामो समयदेखि निरन्तर घटिरहेको नेप्से आधा कारोबार हुने दिन शुक्रबार भने दोहोरो अंकले बढेको हो ।

असार १ गते देखि हप्ताको ६ दिन सेयर कारोबार हुन थालेको छ । सोहीदिन देखि आमरण अनसन बसेका सेयर लगानीकर्ता तिलक कोईरालाले आजै अनसन तोडेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शुक्रबार नेप्से १३ दशमलब ७८ अंकले बढेर १८ सय ६२ दशमलव ०६ को विन्दुमा बन्द भएको हो । कारोबारको सुरुमा घटिरहेको कारोबारको अन्तिममा भने दोहोरो अंकले बढेर बन्द भएको छ ।

कारोबार मध्यक्रममा आइपुग्दा कोइरालाले अनसन तोडेका थिए । ११ बजेर ४० मिनेट जाँदा नेप्से १८०८.०४ अंकसम्म पुगेको थियो । १२ बजेर २१ मिनेटमा नेप्से दिनकै उच्च अंक १८७९.४६ अंकसम्म पुगेको थियो ।

आधा दिनको कारोबार भएकाे दिन कारोबार रकम भने उल्लेख्य देखिएको छ । शुक्रबार २२३ स्क्रिप्टका ३५ लाख ४१ हजार ५ सय ३७ कित्ता सेयर १ अर्ब १५ करोड १२ लाख ८ हजार रुपैयाँमा खरिदबिक्रि भए । पुरा कारोबार भएको दिन हिजो बिहीबार पनि १ अर्ब ४९ करोडको सेयर किनबेच भएको थियो ।

कारोबारमा आएका १५० कम्पनीको सेयर मूल्य बढेका छन् भने ४१ कम्पनीको घटेका छन् । ३ कपनीको सेयर मूल्य स्थिर रहे ।

शुक्रबार न्यादी हाईड्रोपावर कम्पनीको सेयर पोजिटिभ सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमको आधारमा कुमारी बैंक शीर्ष स्थानमा छ । बैंकको ८ करोड ६३ लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भए ।

कारोबारमा आएका १२ वटा समूहगत उपसूचकहरु बढेका छन् भने एउटा म्युचुअल फन्ड भने घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्