Shikhar Insurance
National Life

१० ब्रोकरले उपत्यकाबहिर १६ शाखा खोल्दै, कुन कम्पनीले कहाँका लागि पाए अनुमति ? (सूची सहित)

४ ब्रोकरको ७ शाखा सञ्चालनमा आइसक्यो
दिलु कार्की
२०७९ असार ९, बिहीबार १२:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूलाई उपत्यकाबाहिर थप शाखा खोल्न अनुमति दिने भएको छ । बोर्डले १० वटा ब्रोकर कम्पनीलाई १६ नयाँ शाखा कार्यालय सञ्चालनको अनुमति दिने भएको हो ।

चालु आवमा उपत्यकाबाहिर हाल ४ कम्पनीका ७ वटा शाखा सञ्चालनमा आइसकेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोर्डले करिब २ वर्षपछि उपत्यका बाहिर ७ वटै प्रदेशका विभिन्न स्थानमा शाखा कार्यालय सञ्चालनको लागि अन्तिम स्वीकृति दिन लागेको हो ।

बोर्डले चालु आर्थिक वर्षभित्र ४ वटा ब्रोकर कम्पनीलाई ७ स्थानमा शाखा खोल्ने अन्तिम स्वीकृति दिइसकेकामा उनीहरूले शाखा कार्यालय सञ्चालनमा ल्याइसकेको बोर्डले जानकारी दिएको छ ।

शाखा कार्यालय विस्तारको सैद्धान्तिक स्वीकृति पाएर पुर्वाधार तयारीको निर्देशन पाएका कम्पनीहरुलाई अन्तिम स्वीकृत दिन लागिएको धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए ।

‘शाखा विस्तारको लागि सैद्धान्तिक स्वीकृति पाइसकेका ब्रोकर कम्पनीहरुलाई पूर्वाधार तयारीको समय दिइएको थियो, अधिकांश कम्पनीहरुले पूर्वाधार तयार गरिसकेका छन्,’ अध्यक्ष हमालले सिंहदरबारसँग भने, ‘चाँडै पूर्वदेखि पश्चिमसम्म १६ नयाँ स्थानमा ब्रोकरका शाखा सञ्चालनमा आउँदैछन् ।’

ब्रोकरले तयार गरेको शाखा कार्यालयको पूर्वाधार बोर्डले निरीक्षण गर्ने क्रम सुरु भएको र उक्त काम सकिएपछि सञ्चालनको लागि अन्तिम स्वीकृति दिइने उनले बताए ।

शाखा कार्यालय सञ्चालन गर्न ५० वटै ब्रोकरले आवेदन दिएको थिए । हालसम्म उपत्यका बाहिर ४१ ब्रोकर कम्पनीका ४७ वटा शाखा सञ्चालनमा आइसकेका छन् । करिब २ वर्ष अघि ब्रोकर कम्पनीहरुले सातै प्रदेशका करिब २०० स्थानमा शाखा विस्तार गर्न बोर्डमा आवेदन दिएका थिए ।

बोर्डले तीमध्ये १० वटा ब्रोकरलाई २३ स्थानमा शाखा विस्तार गर्न स्वीकृति दिएको हो । प्राप्त आवेदनमा बोर्डले धितोपत्र बजारको आवश्यकता अध्ययन गरी अध्ययनले आवश्यकता देखाएको स्थानमा शाखा कार्यालय विस्तार गर्न कम्पनीहरुलाई अन्तिम स्वीकृति दिइएको र केहीलाई दिन लाागिएको उनको भनाइ छ ।

कुन कुन स्थानमा पुग्दैछन् ब्रोकर ?

बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगानाले २०७७ फागुन १३ गते नै १२ वटा ब्रोकर कम्पनीहरुलाई २३ स्थानमा शाखा कार्यालय विस्तारका लागि सैद्धान्तिक स्वीकृत दिएका थिए । जसमध्ये ७ स्थानमा शाखा विस्तारको अन्तिम स्वीकृति पाएर कार्यालय सञ्चालनमा आइसकेका छन् ।

बोर्डले १० वटा ब्रोकर कम्पनीहरुलाई भरतपुरको चितवन, दोलखाको चरिकोट, सिरहाको लहान, कैलालीको लम्की, दाङको तुलसीपूर, पर्वतको कुस्मा, रामेछापको मन्थली, महोत्तरीको बर्दिबास, मोरङको उर्लाबारी, पाँचथरको फिदिम, इलामको इलाम, नवलपुरको भुमही, पाल्पाको तानसेन, रुपन्देहीको भैरहवा, झापाको दमक र नवलपुरको कावासोतीमा ब्रोकरलाई शाखा कार्यालय विस्तार गर्न बोर्डले सैद्दान्तिक स्वीकृति दिएको हो ।

सिंहदरबारलाई प्राप्त जानकारी अनुसार एउटै ब्रोकर कम्पनीले ३ स्थानमा गरी १० वटाले २३ स्थानमा शाखा कार्यालय विस्तार गर्न अनुमति पाएका हन् ।

जसमा ब्रोकर नम्बर ३६ सेक्युर्ड सेक्युरिटिजले झापाको दमक, २९ नम्बर ब्रोकर त्रिशुल सेक्युरिटिजले नवलपुरको कावासोती, ५७ नम्बर ब्रोकर आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले पाल्पाको तानसेन र भैरहवाको रुपन्देही, ४९ नम्बर ब्रोकर अनलाइन सेक्युरिटिजले रामेछापको मन्थली, महोत्तरीको बर्दिबास र मोरङको उर्लाबारीमा शाखा विस्तारको अनुमति पाएको हो ।

यस्तै ५९ नम्बर ब्रोकर दिव्या सेक्युरिटिज एण्ड स्टक हाउसले पर्वतको कुस्मा, ७ नम्बर ब्रोकर जे.एफ. सेक्युरिटिजले दाङको कुस्मा र ३८ नम्बर ब्रोकर दिपशिखा धितोपत्र कारोबार कम्पनीले कैलाली लम्की, सिरहाको लाहान र दोलखाको चरीकोटमा शाखा विस्तारको अनुमति पाएको हो । ब्रोकर नम्बर ४४ डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिजले चितवनको भरतपुर, ११ नम्बर ब्रोकर मल्ल एण्ड मल्ल स्टक ब्रोकिङले पाँचथर फिदिम र इलामको सदरमुकाम इलाम बजारमा शाखा कार्यालय विस्तार गर्न पूर्वाधार विस्तारको अनुमति पाएका हुन् ।

बोर्डले ब्रोकरलाई आधिकारिक प्रतिनिधि राख्न दिने वा शाखा कार्यालय विस्तारको नयाँ आवेदन लिने विषयमा भने हालसम्म कुनै छलफल गरेको छैन ।

यी हुन् चालु आवमै शाखा विस्तार गरिसकेका ब्रोकर कम्पनीहरु

चालु आवभित्र ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिजले नवलपरासीको कावासोती, म्यादीको बेनी र तनहुँको दमौली शाखा सञ्चालनमा ल्याइसकेको छ ।

यस्तै, ४९ नम्बर ब्रोकर अनलाइन सेक्युरिटिजले नुवाकोटको बटार, ३८ नम्बर ब्रोकर दिपशिखा धितोपत्र कारोबार कम्पनीले चितवनको टांडी, १४ नम्बर नेपाल स्टक हाउसले नुवाकोटको बिदुर र कैलालीको टिकापूरमा शाखा सञ्चालन ल्याइसकेका छन् ।

बोर्डले तयार भएका शाखा कार्यालयको निरिक्षण गरी सञ्चालन गर्न भनेअनुसार उनीहरूले शाखा खोलेका हुन् ।

बोर्डले शाखा विस्तारको सैद्धान्तिक स्वीकृति पाएका ब्रोकर कम्पनीहरुलाई पुर्वाधार तयार गर्न निर्देशन दिने गर्छ । पुर्वाधार तयार गरेपछि ब्रोकर कम्पनीहरुले बोर्डलाई जानकारी गराउँछन् र सोही जानकारीका आधारमा निरीक्षण गरी बोर्डले शाखा सञ्चालन गर्न भन्छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल, व्यापारी तथा बजार निर्मता) तेस्रो संसोधन नियमावली, २०७६ अनुसार ब्रोकरहरुले शाखा कार्यालयल सञ्चालनको अन्तिम स्वीकृति लिन अघिनै आफ्नो सम्पुर्ण पुर्वाधार तयार गरिसक्नु पर्छ । कम्तीमा ५ सय वर्गफिटमा शाखा कार्यालय स्थापना गरी वाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नातक वा चार्टर्ड काउन्टेन्सी गरेको व्यक्तिलाई प्रमुख र परिपालन तथा सुचना प्रविधि सहित कम्तीमा ३ जना कर्मचारी नियुक्त गरेको हुनुपर्छ ।

बोर्डले तोकेको मापदण्ड अनुसार शाखा कार्यालयमा कम्तीमा २ थान कम्पुटर र त्यसका लागि अन्य ब्याकअप पावर सहतिको पुर्वाधार तयार गरेपछि मात्र बोर्डले अन्तिम स्वीकृति दिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्